संसदीय प्रतिनिधि मण्डल र अध्यक्ष ली चान्सु बीच छलफल
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच छलफल भएको छ ।
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोग सम्झौता
नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस)बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच द्विपक्षीय वार्तामा भएको सहमतिका आधारमा सोमबार छबँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो। सम्झौतापत्र अनुसार दुवैपक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूलभूत हित र महìवपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्।
सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल जारी
सत्ता साझेदार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका तर्फबाट उम्मेदवारीको सिट विभाजनबारे सोमबार पनि छलफल जारी रह्यो। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको शीर्ष नेताको बैठक दिउँसो २ बजेसम्म निरन्तर छलफल जारी रह्यो तर केही क्षेत्रमा सहमति नजुट्दा औपचारिक निर्णय हुन सकेन। दिउँसो ३ बजेपछि सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरूको बैठक बसे पनि निष्कर्ष आएन। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भइरहेको छ।
सत्य निरूपण विधेयकमा जुटेन सहमति
सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित हत्यालाई मानव अधिकार उल्लङ्घनको गम्भीर सूचीमा राख्ने वा नराख्ने विषयमा विवाद भएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सहमति हुन सकेन। अनौपचारिक छलफल र परामर्शपछि सोमबार विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भए पनि प्रक्रिया टुङ्गिन नसकेको हो। विधेयक प्रस्ताव गर्ने विभागीय मन्त्री हत्यालाई गम्भीर मानव अधिकार उल्लङ्घनको सूचीमा राख्न सहमत भए पनि नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको अडानका कारण सहमति नभएको हो। अन्य दलहरूले भने हत्यालाई गम्भीर सूचीमा राख्न विधेयकमाथि संशोधन नै दर्ता गरेका छन्।
जनताको साथले आफ्नै बलबुतामा चुनाव लड्छौं : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल जनताको साथ लिएर आफनै बलवुतामा एक्लै चुनाव लडने बताउनुभएको छ । एमाले धनुषाद्वारा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सम्झौता कार्यान्वयनमा सरकारले पुनः दोहोर्यायो प्रतिबद्धता
सरकारले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ ।
शीर्ष नेताहरू द्विपक्षीय, त्रिपक्षीय एवम् सामूहिक छलफलमा
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार बिहानदेखि बालुवाटारमा जारी रहेको छ ।
मन्त्रीलाई निर्वाचन प्रचारमा रोक लगाउनु हुँदैन : नेता श्रेष्ठ
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउनेगरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ । बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले निर्वाचन प्रचार प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उहाँको भनाइ छ ।
जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त) बीच चुनावी तालमेल गर्ने सहमति
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।
ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए ।
माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
दाङ २ बाट महरा र पोखरेलको प्रतिस्पर्धा हुने निश्चित
मङ्शिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ ।
दलितको प्रतिनिधित्व सुनिश्चितता माग
प्रदेश र सङ्घीय निर्वाचनमा मधेशी दलितको प्रतिनिधित्व सुनिश्चितताको माग गरिएको छ। दलित सरोकार मञ्च नेपालले आइतबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कानुनले प्रष्ट व्यवस्था नगरेको कारण मधेशी दलितको प्रतिनिधित्व कम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समानुपातिकतर्फ १३.८ प्रतिशत आरक्षण कोटामा एउटै जातिलाई सिफारिस गरेमा पनि हामी बदर गर्न सक्दैनौँ।” संविधानमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज
सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक सोमबार बस्ने भएको हो ।
अध्यक्ष ली आज आउनुहुँदै
छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ भदौ २९ गतेसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने कार्यक्रम रहेको छ । सोमबार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ । वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्याय प्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पु-याउन सक्ने सम्भावित सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुहुने भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता
‘राजीनामा दिए महाभियोग फिर्ताको प्रस्ताव आयो’
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गर्नुभएको हो। उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गर्नुभएको हो। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गर्नुभयो।
निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आइतबार चौंथो दिन बयान दिनुभएको छ। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ।
निर्वाचन र उच्च स्तरीय भ्रमण सुरक्षामा गृहमन्त्रीको चासो
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा गृहमन्त्री खाणले विपद्को उद्धार, उच्च स्तरीय भ्रमण र निर्वाचन सुरक्षाको विषयमा चासो राख्नुभएको छ।
बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : अध्यक्ष दाहाल
नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ।
निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ।
कृषियोग्य जमिन बाँझो राख्न नपाइने
हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋण, अनुदानसहितको कार्यक्रमहरु सञ्चालन गरिएकाले कुनै पनि खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले वताउनुभयो ।
तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ।
न्यायोचित सिट बाँडफाँट नभए एक्लै चुनावमा : महामन्त्री सिंह
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलमा न्यायोचित सिट बाँडफाँट नभए आफ्नो दल एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । गृह जिल्ला प्युठानमा आज प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
करिडोर निर्माण गर्दा घर संरक्षणको विषय पनि सोच्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाउनु पर्नेमा जोड दिनुभएको छ ।