रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक
चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जानुहुने भएको छ ।
जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राती ९ बजे स्वदेश फर्कनु भएको छ ।
राष्ट्रपतिका आकाङ्क्षी पाँच, उम्मेदवार दुई
गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो।
नेपाललाई ओलीको पत्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ। आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई शनिबार पत्र पठाउनुभएको हो।
कानुन अभावमा अधिकार कार्यान्वयन भएन : प्रदेश सभामुख मण्डल
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले आदिबासी जनजातिका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न नसकिए सो अधिकार खोसिन सक्ने बताउनुभएको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न अझै नसकिएकाले सो अधिकार कार्यान्वयन हुन नसकेमा अधिकार खोसिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।
बागमती प्रदेशका राप्रपाका तीन जनामन्त्रीद्वारा राजीनामा
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले सरकारबाट राजीनामा दिनुभएको छ ।
जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु
जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ ।
एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र
नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ।
राष्ट्रपतिमा पूर्व सभामुखको प्रतिस्पर्धा
राष्ट्रपतिमा पूर्व सभामुखद्वयको प्रतिस्पर्धा हुने भएको छ। शनिबार राष्ट्रपति पदका पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो।
‘सहुलियतपूर्ण ऋणमा ठूला र उच्च घरानाको कब्जा’
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलियपूर्ण ऋण समेत ठूला र उच्च घरानाले गरेको बताउनुभएको छ ।
सभामुखलाई ताप्लेजुङ सरोकार समाजको सम्मान
सभामुख देवराज घिमिरेलाई ताप्लेजुङ सरोकार केन्द्रले शनिबार सम्मान गरेको छ।
आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ।
अब प्रदेश सरकार झनै बलियो हुन्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताउनुभएको छ।
नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन लगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपति निर्वाचनपछि निरन्तर प्रधानमन्त्री प्रचण्ड : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता हुने बताउनुभएको छ।
तीन वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य
सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०-८१-२०८२-८३) तयार पारेको छ।
संविधानको पालना गर्नु आफ्नो कर्तव्य हो : उम्मेदवार पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।
बागमती प्रदेशमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिँदै
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना मन्त्रीले सरकारबाट राजीनामा दिने राजीनामा दिने तयारी गर्नुभएको छ ।
छ वर्षसम्म वडाकै भवनमा नगर कार्यपालिका
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका छ वर्षसम्म वडाकै भवनबाट सञ्चालन भइरहेको छ । वि.सं. २०७४ यता नगरपालिकाको प्रशासनिक भवन बनाउन सकेको छैन ।
नेपालीको सम्मानमा कुनै कसर बाँकी नराख्नुहोस् : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जसपा सांसद सहनाज रहमानको निधन
जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ।