पदीय मर्यादा विपरीत र गैरकानुनी काम गरेको भए पद छाड्न तयार छुः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नाविरुद्ध संसदबाटै विभिन्न आक्षेप र अनर्गल प्रचार हुनु दुःखद रहेको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नमाथि जवाफ दिँदै उहाँले कुनै पनि प्रकारका आर्थिक हिनामिना, गैरकानुनी क्रियाकलाप तथा अवैध लाभ लिएको विषयमा आफ्नो संलग्नता पुष्टि गर्न पनि चुनौती दिनुभयो ।
अध्यादेश सरोकारवाला र मुलुकको हितमा छ : सांसद थापा
सांसद सूर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्नुहुँदै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख गर्दै अनावश्यक विरोध गर्न आवश्यकसमेत नरहेको जिकिर गर्नुभयो ।
ओडिसा घटनाको छानविन होस् : सांसद विश्वकर्मा
राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिसा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय
राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैनः सांसद
संसदीय समितिको निर्देशनले आइपिओ निष्कासन रोकिन नहुने भन्दै सांसदहरूले समितिको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभामा के हुँदैछ (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभाको मङ्गलबारको बैठक सुरु भएको छ ।
राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति
राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाउनुभएको छ ।
प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रकृति लम्सालको मृत्युबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकबाटै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण विधेयक’ सर्वसम्मतिले पारित
‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
प्रधानमन्त्रीद्वारा सङ्घीयता, सहकार्य र कानुनी समन्वयमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै सङ्घीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
सिमेन्टको मूल्य वृद्धिप्रति सांसदहरूको आपत्ति, सभामुखमार्फत सरकारको ध्यानाकर्षण
सांसदहरूले सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सदस्यहरूले सभामुखमार्फत बजारमा सिमेन्टको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सदनले सो प्रस्ताव स्वीकृत गरेको हो ।
सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन (प्रत्यक्ष प्रसारण)
लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन सुरु भएको छ ।
प्रधानमन्त्री ओली दाङमा
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुग्नु भएको छ ।
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगन
प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ। सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो।
सांसद शाहीलाई कारबाही गर्नुपर्ने माग
राष्ट्रियसभाका सांसदले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा र सभाका सदस्यको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गङ्गाकुमारी बेल्वासेले सांसद शाहीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संविधानको धारा, १०३ बमोजिम कारबाही गर्नुपर्ने माग गर्नुभयो।
सदनमा सांसदको प्रश्न, प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताउनुभएको हो।
मुलुकको विकास र स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सरकारः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सरकार गठन भएको बताउनुभएको छ। साथै उहाँले वर्तमान सत्ता साझेदार दलबीच कुनै शङ्का–उपशङ्का गर्न जरुरी नभएको बताउनुभयो।
पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।
सांसद ज्वालालाई प्रधानमन्त्री ओलीको जवाफ– कार्यक्रम रद्द गर्नेले नै प्रगति खोज्ने अनौठो संस्कार छ
प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वालालाई जावाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले पूर्व भौतिक पूर्वाधारमन्त्री हुँदा रद्ध गरेको कार्यक्रमको प्रगति खोज्नु गलत भएको जवाफ दिनुभएको हो।
‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’
सांसदहरूले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताउनुभएको छ ।