पूर्वाधार विकास समितिद्वारा खानेपानी मन्त्रालयको अनुगमन
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ।
सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस, विधेयकमा के-के छन् ?
राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ। सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो। त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । अध्यादेश पारित गर्ने कार्यसूचीलाई हटाएर शून्य समयमा प्रतिनिधि सभा सदस्यले धारणा राख्दै हुनुहुन्छ ।
प्रतिनिधिसभा बैठकमा विधायन विधेयकमाथि छलफल
प्रतिनिधिसभा बैठकमा ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ माथि छलफल भएको छ । शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।
प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसदमामार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसोबाट सुरु भएको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने छ ।
१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन
कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाइनुपर्छ : सांसद डा.महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले सरकारले संसदमा प्रस्तुत गरेका अध्यादेश चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग
राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् ।
अध्यादेशले जनताको समस्या सम्बोधन गर्न सक्दैन : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशमा जनता नभई स्वार्थ समूहको हित हेरिएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयः सांसदद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गर्नुभएको छ ।
सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गर्नुभएको छ ।
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठक : अध्यादेश प्रस्तुत नगरिने
अध्यादेश हटाइएको र संशोधित कार्यसूची आउन बाँकी रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीलेलाई बताउनुभयो ।
प्रतिनिधि सभा बैठक
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
सङ्घीय संसदमा कुन कुन विधेयक दर्ता भए ?
सङ्घीय संसद् सचिवालयमा प्रतिनिधिसभामा सात र राष्ट्रिय सभामा तीन विधेयक दर्ता भएका छन् ।
सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौं : राजकिशोर यादव
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप समावेशी तुल्याउन र आर्थिक समृद्धिका लागि सम्भावित क्षेत्र पहिचान गरी चाल्नुपर्ने कदमका कोणबाट आफूहरुले संविधान संशोधन चाहेको बताउनुभएको छ ।
सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबिच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा मङ्गलबार दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : सांसद मायाप्रसाद शर्मा
राष्ट्रियसभामा प्रतिनिधित्व गरेको पाँच वर्ष भयो । हामीले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक÷समावेशीलगायत प्राप्त अधिकारलाई जनतासम्म पुर्याउने काम गर्दै आएका छौँ ।
प्रदेशसभा अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।
राष्ट्रियसभा बैठकमा समसामयिक विषयमा छलफल (प्रत्यक्ष प्रसारण)
अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो।