जमुनाहा नाकाबाट ५२६ जनाको उद्धार
नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना युवती, महिला र बालबालिकाको उद्धार गरिएको छ ।
नेप्से परिसूचकमा धेरै अङ्ककाे गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज धेरै अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ ।
कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो
यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।
शीतभण्डार निर्माणपछि बेनीका किसानलाई राहत
फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।
पाँच करोड ५० लाखमा गाउँपालिका भवन निर्माण
दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका-४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो ।
वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु
सूचना परामर्शकर्ता लामाका अनुसार आर्थिक वर्ष २०८०⁄०८१ मा दाङबाट वैदेशिक रोजगारीमा जानुभएका ४८ जनाको मृत्यु भएको छ ।
विश्व स्तनपान सप्ताह-स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता
प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् ।
बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
सप्तरीमा एकको शव फेला
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही वीरपुरस्थित कुनौली सडक खण्डमा एक जनाको शव फेला परेको छ । यसरी फेला पर्नेमा सिराहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव सडकको छेउमा धानखेतमा घोप्टो अवस्थामा मङ्गलवार फेला परेको हो ।
बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउँदै
रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो ।
चरा तथा जैविक विविधता संरक्षण अभियान
चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ ।
वर्षाले हवाई उडान प्रभावित
गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
बाढी र लेदोको कारण बिपी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक सडक खण्ड अवरुद्ध भएको छ ।
पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन बेपत्ता
गुल्मीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र दुई घाइते भएका छन् ।
सफल भएन 'सहलगानी परियोजना'
आर्थिक वर्ष २०७७-०७८ मा कर्णाली प्रदेश सरकारले ‘सहलगानी कार्यक्रम’को घोषणा गर्यो । उक्त वर्ष कार्यक्रम कार्यान्वयनका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । तर कार्यान्वयन भएन । कार्यक्रमको ढाँचा र कार्यविधि निर्माण नहुँदा कार्यक्रम कार्यान्वयन हुन सकेन ।
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो
सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।
पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु
बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।
चोभारमा पहिरो, हेटौंडा–बल्खु सडक अवरुद्ध
कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।
आधाभन्दा बढी हतियार नवीकरण भएनन्
झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियारहरू नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ ।
विशेष अनुदान र ससर्त अनुदानमा मिचियो कार्यविधि
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले विशेष अनुदान र ससर्त अनुदानसम्बन्धी कार्यविधि मिचेर रकम वितरण गरेको विशेष संसदीय छानबिन समितिले औँल्याएको छ । विशेष संसदीय छानबिन स
दुई हजारभन्दा बढीमा डेंगु पुष्टि ,एकको मृत्यु
डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ ।
पुरानो विधान खारेज, नयाँ जारी
बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि बनाएको बागमती विश्वविद्यालय विधान कार्यान्वयनमा नआउँदै खारेज गरिएको छ । विश्वविद्यालय स्थापनाको तयारीमा लागेको प्रदेश सर
डुङ्गामा सयर गरेर गन्तव्यतर्फ जाँदै स्थानीयवासी
बाँकेको राप्ती सोनारी गाउँपालिका –७ फत्तेपुरको पिपरहवाबाट राप्ती नदी पार गरी डुडुवा गाउँपालिका–१ होलियाको चौफेरीगाउँतर्फ सामानसहित डुङ्गामा सयर गर्दै स्थानीयवासी ।
तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् ।