• १२ असोज २०८१, शनिबार

पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन बेपत्ता

blog

फाइल तस्बिर।

तिलाचन पाण्डे

तम्घास, साउन २२ गते । गुल्मीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र दुई घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १ बिसौनाका विष्णु बिकको घर माथिबाट लेदोसहितको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिनुभयो । 

पहिरोले पुरिँदा तीन जना बेपत्ता भएको र दुई जना घाइते भएको उहाँले बताउनुभयो । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।