मुना मासिकका सम्पादक भट्टराईको बिदाइ
गोरखापत्र संस्थानको मासिक प्रकाशन मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराईलाई संस्थान व्यवस्थापनले शुक्रबार सम्मानसहित बिदाइ गरेको छ । सम्पादक भट्टराई ५८ वर्ष उमेरहदका कारण संस्थान सेवाबाट बिदा हुनुभएको हो ।
पत्रकार महासंघ संस्थापक विषय चाँडो टुङ्गो लगाउन सुझाव
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा अझै वहस जारी रहेकाले त्यसको निक्र्यौल चाँडो गर्नुपर्ने धारणा सञ्चार सम्बद्ध संस्थाका नेतृत्व वर्गहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिद्वारा विहीबार यहाँ आयोजित ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो धारणा राख्नुभएको हो ।
दुर्घटनामा टिप्पर चालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नं.को मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २५ मिटर तल खोलामा खसेर सो टिप्पर चालकको मृत्यु भएको हो ।
फोहोर बोक्ने गाडीको अभाव
आवश्यक सवारीसाधनको अभावमा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । सवारीसाधनकै अभावमा बन्चरेडाँडावासीसँग सहमति भएको एक हप्ता बित्न लाग्दा पनि उपत्यकाको फोहोर अझै उठ्न सकेको छैन । घरघरमा तीन हप्तादेखि कोचिएर राखिएको फोहोर अझै सबै उठ्न सकेको छैन ।
हुुम्लामा ३१ वटा बस्ती मनसुुनजन्य प्रकोपको उच्च जोखिममा
जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य बिपदको उच्च जोखिममा रहेको छ । जिल्ला मनसुुनजन्य बिपद तथा प्रतिकार्य योजना २०७९ ले ती वस्तीलाई उच्च जोखिममा रहेको औल्याएको हो ।
अबैध काठसहित ट्याक्टर नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा निकासी गर्न लागेको काठ नियन्त्रणमा लिएको छ । प्रहरीले रम्भा गाउँपालिका ३ स्थित निकीचउरबाट अबैध रुपमा चिलाउने काठ ट्याक्टरमा लोड गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
माछा मार्ने बेला करेन्ट लागेर मृत्यु
बागलुङको बडिगाड गाउँपालिकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका–४ का ३२ वर्र्षीय छबिलाल बलामीको मृत्यु भएको हो ।
इलामको माईमा भारतीय नागरिक मृत फेला
इलामको माई नगरपालिकामा बसोबास गरी मजदुरी काम गर्दै आउनुभएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतको दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० वर्र्षीय दाबा शेर्पा आज विहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिनुभएको हो । उहाँ विगत दुई वर्षदेखि माई नगरपालिकामा मजदुरी गर्दै आउनु भएको थियो ।
सार्वजनिक सेवामार्फत नागरिकलाई राज्य उपस्थितिको बोध गराउनुपर्छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ७२ औं वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा उहाँले आयोगको निष्पक्षता र विश्वसनीयताले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताउनुभयो ।