लेदोसहितको पहिरोले बगाउँदा कपिलवस्तुमा दुईजना भारतीय नागरिक बेपत्ता
कपिलवस्तुको शिवराज नगरपालिका १ पहिरा खोलामा आएको लेदोसहितको पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । विहान साढे ७ बजे प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सडकबाट बग्दै गरेको भलले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो ।
तिनाउ खोलाको बाढीमा भेटियो बुद्धनगरका नेपालीको शव
बुटवलको तिनाउ खोलाको बाढीमा भेटिएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टि गरेको छ ।
वर्षाले सहायक राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध
अविरल वर्षासँगै सहायक राजमार्गदेखि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । वर्षाले सहायक राजमार्ग भानुमार्ग, डुम्रे–वेशीशहर मार्ग, बुद्धसिंह र श्रृङ्गपथमा ठाउँ ठाउँमा गएको पहिरोले यात्रुलाई सास्ती भएको छ । अविरल वर्षाले गर्दा ह्युम पाईप बगाउने, पहिरो जाने, सडक भासिने गरेकाले सहायक राजमार्गहरु भानुमार्ग, डुम्रे–वेशीशहर खण्ड र अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएको भानु नगरापलिकाको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क, ३२३ घरपालुवा जनावर मारिए
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।
नेपालमा पहिलोपटक ‘हर्मोनन क्लिनिक’ सञ्चालनमा ल्याइँदै
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी, र क्वेयर आदि पर्दछन् ।
खाली हुँदै वृद्धाश्रम
विगतमा भनसुनका साथ भर्ना गर्नुपर्ने पशुपतिस्थित सरकारी वृद्धाश्रममा अहिले सिट खाली छ । २३० जनाको दरबन्दी रहेको आश्रममा विगतमा तीन सय जनासम्म भर्ना भएका र अहिले ९९ जना मात्र आश्रममा छन् । तीमध्ये ६१ जना महिला छन् । अहिले १३१ जनाको सिट खाली छ ।
आगलागी पीडितलाई पाँच लाख रुपियाँ सहयोग
बलेफी गाउँपालिका –७ खाडीचौरस्थित हार्डवयर पसलका आगलागी पीडितलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । आगलागी पीडित बिदुर खड्कालाई संघमा आबद्ध ब्यापारी, ब्यबसायीले ५ लाख ४६ हजार ५५ रुपियाँ नगद सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कुशे गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु
जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीको मृत्यु भएको छ । आज ( शनिवार) विहान घरमै वडाध्यक्ष घर्तिको मृत्यु भएको हो परिवारिक स्रोतले जानकारी गराएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नै घर कुशे ७ समाइलामा विहान एक्कासी टाउको दुःख्यो भनेर ओछ्यानमा पल्टिनुभएका घर्ति मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृत्युको कारण खुल्न सकेको छैन ।
पहिरोले खेजेनिममा एक घर बगायो, बस्ती पूरै जोखिममा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले एक घर बगाएको छ । खेजेनिमको चाखु टोलका स्थानीय जीवन बाराकोटीको घर पहिरोले बगाएको हो । घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ भने उक्त चाखु बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौंलागाईका अनुसार गएराति (शुक्रबार राति) झरेको पहिरोले बाराकोटीको घर बगाएको हो ।