चिनियाँ कम्पनीको अनुपस्थितिमै चक्रपथ विस्तारको काम सुरु
चिनियाँ कम्पनीको अनुपस्थितिमा सरकारले चक्रपथ बिस्तार आयोजनाको दोस्रो चरणको काम अघि बढाएको छ । दोस्रो चरणको सडक विस्तारमा चिनियाँ पक्षको आनाकानीका कारण विस्तारले भने अझै गति लिन सकेको छैन ।
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन
वरिष्ठ पत्रकार देवेन्द्र गौतमकोआज बिहान ७७ वर्षको उमेरमा देहान्त भएको छ । उहाँ बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।
आज जितिया पर्व, प्रधानमन्त्री देउवाद्वारा शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।
तीन दिनमा पर्ने पानी तीन घण्टामा
दुई दिनदेखिको अविरल वर्षापछि अछामका पाँचवटा पहाडी बस्तीमा शुक्रबार मध्यरात पहिरो खस्यो । सबैभन्दा ठूलो क्षति तुर्माखाँद गाउँमा भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले जानकारी दिनुभयो । तुर्माखाँद गाउँपालिका–५, ढकारी गाउँपालिका–५, नाडागाउँ, कमलबाजर नगरपालिका ६ र ८ का गरी पाँच बस्तीमा राति पहिरो खसेको अछाम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई दिनदेखि निरन्तरको वर्षा जारी थियो, शुक्रबार एकैचोटि ठूलो वर्षा भएकाले पहिरो गयो ।”
यस कार्यकालमा अभूतपूर्व काम भयो : सभामुख सापकोटा
सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।
एमाले सचिवालय बैठक बालकोटमा सुरु
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक शुरुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक शुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
मुगुमा सुपथ मूल्यमा चामल बिक्री हुने
दशैँ र तिहारलाई लक्षित गरेर शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले सुपथ मूल्यमा बिक्री गर्ने सहुलियत पसल सञ्चालन गर्नेभएको छ ।
मुक्लीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल
सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका –६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरिएको हो ।
विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गर्दछ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताउनुभएको छ ।