यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
‘पश्चिम सेती बन्ने भइसकेको छ’
गृह जिल्ला डडेलधुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताउनुभएको छ ।
विद्युत् महसुल विवाद : सर्वोच्चले दुवै पक्षलाई बोलायो
ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवादबारे मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
परराष्ट्रमन्त्री राणा चीन जानुहुँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उहाँ चीन भ्रमणमा जान लाग्नुभएको हो ।
एचपिभी खोप अभियान माघमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनादेखि देशभरका किशोरीहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भएको छ ।
नेपाली यु–१९ महिला विश्वकपमा
विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ ।
बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड
एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ ।
दूतावासबाट श्रम स्वीकृतिको तयारी
सरकारले मलेसिया र खाडी मुलुकमा लामो समयदेखि कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई नेपाली दूतावासबाट श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन गरेको छ ।
मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गर्नुभएको छ ।
अटो दुर्घटना हुँदा दुई घाइते
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ मा अटोरिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
बाणगंगाका कृषकलाई गहुँको बीउ
कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।
कोप-२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
विश्व नेताहरूले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको वार्तामा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिस्पर्धात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यद्यपि एउटा नयाँ प्रतिवेदनले विश्वले योजनाभन्दा धेरै चाँडो कार्बन तटस्थतामा पुग्नुपर्ने चेतावनी दिएको छ ।
वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएको छ ।
भान्जाको हत्या गर्ने मामा प्रकाउ
मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
कांग्रेस उपसभापति धनराजसँग सीआईबीले लियो बयान
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार दिउँसो बयान लिएको छ ।
राप्रपाले टुङ्ग्यायो स्थानीय तह उपनिर्वाचनको उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
विश्व बडी बिल्डिङमा पदक विजेताको स्वागत
१५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक विजेता खेलाडी टोली बुधबार स्वदेश फर्किएको छ ।
जलवायु परिवर्तनको असरप्रति विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ।
द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
प्रतिनिधि सभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ।
ताप्लेजुङमा ७६ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमार्फत ७६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क शिविरमार्फत उक्त सङ्ख्यामा आँखाका बिरामीको शल्यक्रिया गरिएको हो।
नेपाल महिला यु–१९ टी–२० विश्वकपमा छनोट
नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।
एमालेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन गरेको छ ।
सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा
सुनसरीको नेपाल भारत सीमामा दुईदेशीय सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्तिक १३ गतेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको हो।