पुनर्निर्माण अगाडि बढाउनु पर्छ : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १० देखि १३ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र पार्नुपर्ने बताउनुभएको छ ।
‘आचारसंहिता तोड्नेलाई कारबाही’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ ।
कार्तिक कृष्ण त्रयोदशीः काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ [दक्षिण एसियाली फुटबल महासङ्घ] च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।
चलचित्र ‘सो’ भित्र विवाद !
अभिनेता, निर्माता एवं चलचित्र निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ लाई हलले राम्रो ‘सो’ नदिएको भन्दै चलचित्रलाई ओटिटी प्लेटफर्ममार्फत प्रदर्शनमा ल्याउनुभएको छ ।
सिटौला र खड्का किड क्विन
नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा राजधानीमा सम्पन्न किड क्विन नेपाल २०२४ मा काठमाडौँ भ्याली स्कुलकी सारिका सिटौला र भ्याली भ्यु स्कुलकी भाग्यश्री खड्का (जुनियर) ले ३८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुम्नुभएको छ ।
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।
‘स्वरसम्राट् नारायणगोपाल’ लोकार्पण
नारायणगोपालको जीवनीमा आधारित ‘स्वरसम्राट् नारायणगोपाल’ पुस्तकको मङ्गलबार एक कार्यक्रमबिच लोकार्पण गरिएको छ ।
नेपाललाई इतिहास रच्ने मौका
नेपाललाई साफ महिला फुटबलको उपाधिले सधैँ लोभ्याइरहेको छ । अहिलेसम्म भएका छ संस्करणमध्ये नेपालले पाँचमा फाइनल खेलिसकेको छ ।
आजकाे विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
सुनचाँदी पसलमा ग्राहकको भिड
तिहारको चहलपहल सुरु भएको छ तर सुनचाँदी पसलमा भने खासै उल्लास देखिएको छैन ।
देशका अधिकांश भागमा मौसम सफा रहने
हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ ।
बिस अर्बको ऋण सम्झौता
विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने २० अर्ब रुपियाँ बराबरको ऋण सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्राकृतिक विपत्ति, जलवायुजन्य जोखिम र स्वास्थ्य सङ्कटको अवस्थामा उपयोग गर्न पाउने गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
महँगियो भाइमसला
भाइटीका आउन पाँच दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल बढेको छ ।
तेह्र उद्योगले तिरे बक्यौता
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा रहेका उद्योगको सूची घट्दै गएको छ ।
कार्बन व्यापारबाट चार अर्ब पचहत्तर करोड
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले कार्बन व्यापारमार्फत हालसम्म चार अर्ब ७५ करोड रुपियाँ तीन करोड ५२ लाख ७० हजार अमेरिकी डलर आम्दानी गरेको जनाएको छ ।
विद्यार्थी बिदेसिएकामा राष्ट्रपति चिन्तित
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विद्यार्थी बिदेसिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
एमालेले अदालतको आदेश पर्खिने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी कार्यालय निर्माणका लागि दानमा पाएको जग्गाबारेको थप प्रक्रियामा अदालतको अर्को आदेश कुर्ने भएको छ ।
बिदामा आयोग खुला रहने
राष्ट्रिय मानव अधिकार आयोगले तिहार तथा छठ बिदामा आयोग अन्तर्गतका कार्यालय खुला रहने जनाएको छ ।
सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी
सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ ।
छ हजारका आँखामा झल्कियो खुसी
ललितपुरकी सीता न्यौपानेले झन्डै एक दशकको सङ्घर्षपछि सहकारीमा बचत गरेको आफ्नो पैसा फिर्ता पाउनुभएको छ ।
थारु समुदायको मङ्ग्रहुवा नाच
भजनी, कात्तिक १३ गते । कैलालीको टीकापुरमा थारु समुदायको सांस्कृतिक मङ्ग्रहुवा नाच प्रस्तुत गरिँदै । पछिल्लो पुस्तामा यो नाच हस्तान्तरण हुन नसक्दा ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।