अर्थले गर्यो विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।
चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।
टिपरको ठक्करबाट घाइतेको मृत्यु
मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट गम्भीर घाइते हुनु भएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
राजवंशीमा चल्छ महिलाको हैकम
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सघन रूपले बस्दै आएका राजवंशी जाति सो क्षेत्रको भूमिपुत्र मानिन्छन् ।
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिनुभयो ।
सात पदका लागि १०२ जनाको उम्मेदवारी
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत बागमती प्रदेशको चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना अन्य, २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा
हराउँदै छन् ननीचोक र गली
काठमाडौँ उपत्यकाका प्राचीन तीन शहर कान्तिपुर, पाटन र भक्तपुरमध्ये कान्तिपुर अर्थात् काष्ठमण्डपका मानव बस्तीको बनावट निकै रोचक र चाख लाग्दो छ ।
प्राचीनकालमै थिए कण्डम
स्वास्थ्य र उपचार क्षेत्रमा जत्ति नै प्रगति भएको किन नहोस् कन्डमको मूल अवधारणा सयौँ वर्षदेखि एकै खालको छ ।
भकारीको व्यापार
सुन्दरहरैँचा, मङ्सिर ४ गते । मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको पहाडे बाँसको चोयाबाट निर्मित धान राख्ने बाँसको भकारी । तस्बिरः रासस
विद्यालय पुनर्निर्माण प्रारम्भ
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा असोजको दोस्रो सातामा गएको बाढीपहिरोले क्षति गरेको सामुदायिक विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । उक्त गाउँपालिकामा सुनकोशी नदीको बाढीले क्षति गरेको
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ, मङ्सिर ४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा उपनिर्वाचन र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
सडक पुगे पनि छुटेन डोकोनाम्लो
गाउँ गाउँमा सडक पुगे पनि किसानले घण्टौँ पैदल हिँडेर डोकोमै खाद्यवस्तु बोकेर बजार लैजानपुर्ने बाध्यता हट्न सकेको छैन ।
विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो ।
विद्यालयको दिवा खाजामा समस्या
भेरी नगरपालिका–१३ स्थित भगवती माध्यमिक विद्यालयको खाता सञ्चालन नहुँदा दिवा खाजा बन्द हुने भएको छ ।
उपनिर्वाचनकेन्द्रित प्रचारप्रसार तीव्र
यही मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा जाजरकोटमा केन्द्रदेखि जिल्ला स्तरका नेता कार्यकर्ता केन्द्रित भएका छन् ।
एसइई पासविहीन गौप्थाडा गाउँ
जुम्लाको तातोपानी गाउँपालिकाको गौप्थाडा गाउँमा एक जना पनि एसइई पास भएको व्यक्ति नभएको पाइएको छ ।
बढी यात्रु र तीव्र गतिले दुर्घटना वृद्धि
पछिल्लो समय क्षमताभन्दा बढी यात्रु राख्ने, साँघुरा सडक र तीव्र गतिका कारण कर्णाली प्रदेशमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेको छ ।
अयोध्यामा तिलकोत्सव समारोह
त्रेता युगमा भगवान् राम र सीताको विवाहलाई स्मरण गर्दै जनकपुरधाममा मनाइने साताव्यापी विवाह पञ्चमी महामहोत्सवको तिलकोत्सव समारोह अयोध्याधाममा सम्पन्न भएको छ । सोमबार मधेश प्रदेश
एक किलो नुनको ११० रुपियाँ
दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् ।
सिन्धुलीको च्याउकोट
सिन्धुली, मङ्सिर ४ गते । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित च्याउकोट । अग्लो स्थानमा रहेको यहाँबाट जिल्लाको विभिन्न क्षेत्रको रमणीय दृश्य देख्न सकिन्छ । तस्बिरः रासस
निकुञ्जमा बाघ पाल्न बजेट अभाव
चितवन राष्ट्रिय निकुञ्जको सात वटा खोर अहिले बाघले भरिएका छन् । विभिन्न स्थानबाट मानव बस्तीमा प्रवेश गरी आक्रमण गर्ने, स्थानीयमा त्रास फैलाउने जस्ता गतिविधि गरेपछि नियन्त्रणमा लिएर खोरमा राखिँदै आएको छ ।
सोह्र दिनदेखि शवगृहमा लास
साथीसँग भएको झगडामा कुटपिट गरी हत्या गरिएका एक व्यक्तिको शव लिन परिवार तथा आफन्त आएका छैनन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा