महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा
सामाजिक विकास कार्यालय नवलपुरले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको हो ।
पशुचौपायालाई खानाको जोहो
छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडा गाउँका स्थानीयले हिउँदमा घरपालुका पशुचौपायालाई खुवाउन घरको छतमा जोहो गरेर राखेका नल, पराल ।
विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गर्नुभएको छ ।
तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार ७५० करदाता पुनरावलोकनमा
लक्ष्यअनुरूप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड रुपियाँ कर असुल गर्न बाँकी रहेको पाइएको छ ।
सडकको क्षमताभन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्दैछौँ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकको क्षमताभन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभएको छ ।
‘एक घर, एक धारा’ अभियानबाट उपभोक्ता उत्साहित
सिन्धुलीको दुधौली नगरपालिका–४ बनगरा निवासी गृहिणी रञ्जना श्रेष्ठलाई घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईबस्तुलाई खुवाउन निकै सजिलो भएको छ ।
‘सत्तामा रहने होडबाजीले सङ्क्रमणकालीन न्याय प्रभावित बन्यो’
नेपाल सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बिच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ ।
मगर साहित्य महोत्सव तयारी तीव्र
रुपन्देहीमा हुने मगर साहित्य महोत्सव तयारी तीव्र पारिएको छ । नेपाल मगर महिला सङ्घ रुपन्देहीले यही मङ्सिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय गरेको हो ।
युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत अमोस होचस्टेन लेबनानमा
अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ ।
उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति
निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ वटा संस्थालाई अनुमति दिएको छ ।
सामुदायिक माविमा २ लाखको अक्षयकोष स्थापना
मोरङको बेलबारी-२ थापाचौककी पार्वती पोखरेल र उहाँको परिवारले सोही वडाको कबीर माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
निर्माण भएको छ महिना पुरा नहुँदै भासियो मुग्लिन-पोखरा सडक
पृथ्वीराजमार्ग मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले यहाँ निर्माण गरेको सडक छ महिना पुरा नहुँदै भत्किएको छ ।
एक महिनाभित्रै औषधीको मूल्य समायोजन गर्छौँ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ ।
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण
उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।
संविधान सभा सदस्य सिद्धिकीको निधन
संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । नेपाली कांग्रेस बाँकेका नेता भोलाको ६० वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।
राप्ती खोलामा अस्थायी काठेपुल
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा बग्ने राप्ती खोलामा काठेपुल बनाउँदै।
मनाङमा सय मिटर पक्की रेलिङ निर्माण
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) ले दानाक्यु र तिमाङबिचमा पर्ने उकालोमा सय मिटर पक्की रेलिङ निर्माण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरिएको एक्यापले जनाएको छ ।
तेइस वर्षदेखि मौरीपालनमा थापा
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ ।
कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा
तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालीको महान् पर्व सकिएपछि पुल निर्माणको तीव्र गतिमा भइरहेको छ । पुल निर्माण भएपछि पाल्पा र तनहुँको यात्रामा भोग्दै आएको सास्ती हट्ने अपेक्षा गरिएको छ ।
हात्ती डुबाउने ताललाई पुरानै स्वरुपमा फर्काइने
देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्रअन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरुपमा फर्काइने भएको छ । सिसवार उपभोक्ता समिति र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ताल विस्तारको काम अगाडि बढाइएको सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
जनतामा भ्रम सिर्जना गर्ने षडयन्त्र भयो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताउनुभएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।