सडक नहुँदा किसानलाई समस्या
उखु पेलेर स्थानीय प्रविधिबाट गुड (सखर) उत्पादनका लागि प्रसिद्ध मानिएको गाउँमा छ किलोमिटर सडक नहुँदा बजारीकरण गर्न समस्या भएको छ ।
क्रिकेट ‘क्रेज’ मा एनपिएल
खेलकुद क्षेत्र देशकै गौरव हो । खेलबाटै कतिपय मुलुकले विश्वभर आफूलाई चिनाएका छन् ।
कम्युनिस्ट आन्दोलनको उतार चढाव
दोस्रो विश्वयुद्धको समाप्तिसँगै पूर्वी युरोपका तत्कालीन पूर्वी जर्मनी, चेकोस्लोभाकियालगायत आठ देश, यता
एनपिएलले जगाएको उत्साह
कुनै पनि खेलाडी आफैँ उत्कृष्ट बनेर आउँदैनन्, निरन्तरको अभ्यासपछि मात्र निखारिने हुन्छन् ।
अर्थतन्त्रमा सुधारको सङ्केत
नेपालका लागि सार्वभौम साख मूल्याङ्कन नौलो क्षेत्र हो ।
कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।
सहकारितामा आधारित सङ्घीयता
नेपालको संविधानबमोजिम प्रदेश सरकारले थोरै मात्र वित्तीय अधिकार प्राप्त गरेका छन् ।
विहान ७ बजेबाट मतदान सुरु, साँझ ५ बजेसम्म जारी रहने
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय
अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्वविद्यार्थी रहनुभएकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आउनुभएको छ भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आउनुभएको हो ।
फ्रेन्ड्स सिनेमाज सञ्चालन
रुपन्देहीको बुटवलमा शुक्रबारबाट नयाँ हल ‘फ्रेन्ड्स सिनेमाज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
रुक्मणिराज स्मृति दिवसमा सम्मान तथा कृति विमोचन
रुक्मणिराज शिवाकोटी स्मारक कोष र ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा साहित्य र पत्रकारिता साधकलाई सम्मान तथा १५ कृतिको विमोचन गरिएको छ ।
संसदीय प्रतिनिधि मण्डल मलेसिया प्रस्थान
संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल आज साँझ मलेसिया प्रस्थान गरेको छ ।
लोप हुँदै स्थानीय माछा
विषादीको प्रयोग र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम नरोकिँदा रुपन्देहीका पुराना नदीमा स्थानीय जातका माछा लोप हुँदै गएका छन् ।
दुधको मूल्य बढ्यो तर फाइदा बिचौलियालाई
नवलपरासी पूर्वमा दुधको मुल्य बढे पनि दुघ उत्पादक कृषक भने खुसी छैनन् ।
सिँढीमा लडेर ज्ञवालीको निधन
नेपाल शिक्षक सङ्घ नेता तथा पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको निधन भएको छ । शुक्रवार साँझ करिब ८ः३० बजे काठमाडौँको धापासीस्थित हरिहर मन्दिरको सिँढीमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्धार गरी शिक्षण अस्पताल पुर्याएका थिए ।
पहेँलिन थाले सुन्तलाका बोट
सुन्तला पाकेर दाना पहेँलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोट नै पहेलै देखिने रोग देखा परेको छ ।
घट्न थाल्यो तोरी उत्पादन
चितवन भन्नेबित्तिकै कुनैबेला तोरीको जिल्ला भनेर चिनिन्थ्यो तर अहिले तोरी खेती बिस्तारै घट्दो छ ।
बिजुलीको तारमुनिका संरचना हटाउनुपर्ने
विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउनुपर्ने भएको छ ।
पोखरेलीका धारामा अब सफा पानी
पोखराको खानेपानी सुधार आयोजना निर्माण सम्पन्न हुन लागेको छ ।
‘साख मूल्याङ्कनको नतिजालाई अवसरमा बदलौँ’
नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् ।
पूरा भयो पक्की घरमा बस्ने मुक्त कमैयाको सपना
खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताउनुभएकी कैलाली बर्दगोरिया गाउँपालिका–४ दनुवाफाटा शिविरकी सीतादेवी थारूको हातमा अहिले पक्की घरको साँचो छ । उहाँ भन्नुहुन्छ, “यसरी पक्की घरमा बस्नु त सपनामात्र थियो, पूरा हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ ।”
सत्य निरूपण र कानुन आयोगमा फेरिए सचिव
न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई सचिवको सरुवा गरेको छ । आयोगको शुक्रबारको बैठकले सचिव सरुवा गरेको हो ।
मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।