• ९ पुस २०८१, मङ्गलबार

सिँढीमा लडेर ज्ञवालीको निधन

blog

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल शिक्षक सङ्घ नेता तथा पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको निधन भएको छ । शुक्रवार साँझ करिब ८ः३० बजे काठमाडौँको धापासीस्थित हरिहर मन्दिरको सिँढीमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्धार गरी शिक्षण अस्पताल पुर्‍याएका थिए ।

प्रहरी वृत्त महाराजगन्जका प्रमुख,रवीन्द्रनाथ पौडेलका अनुसार ज्ञवालीलाई अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन । ज्ञवालीको बाहिरी शरीरमा खासै ठुलो चोटपटक नदेखिएको र पोस्टमार्टम रिपोर्ट पछि मृत्युको थप कारण खुल्ने पनि पौडेलले बताउनुभयो ।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेर राजनीति गरेका ज्ञवालीको निधनले नेपालको शिक्षा क्षेत्रले एक महत्त्वपूर्ण चिन्तक र  देशले एक  होनहार छोरा  गुमाएको भन्दै नेताहरूले दुख व्यक्त गरेका छन् । 

वि.सं २०२२ असोज २ गते गुल्मीको छत्रकोट ३ हर्दिनेटामा जन्मिनुभएका ज्ञवाली नेपाल शिक्षक सङ्घको पाँचौँ र छैटौँ  महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।