भरुवा बन्दुकसहित दुई पक्राउ
प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेव र सशस्त्र प्रहरी बल बिओपी खल्ला, कञ्चनपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कृषकहरु आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित
कपिलjस्तुका कृषकहरु आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन्। गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्ने मान्छेको आभव हुन थालेपछि जिल्लाको किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् ।
करिब ८ हजार छात्रछात्राको निःशुल्क मुटु परीक्षण
नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगचोकगढीका सात हजार ९३८ बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
अनियन्त्रित डोपिङ
प्रतिस्पर्धाका लागि खेल भावना र प्रतिभाको मृत्यु हुने गरी मेहनत, सामथ्र्य र लगनशीलतामा विश्वास नगरी अनेक हत्कण्डा अपनाउँदा त्यो कदम कहिलेकाहीँ आत्मघाती पनि हुन सक्छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ मा स्थिर
अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर छ । अक्टोबरमा ४.१ प्रतिशत कायम छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्कअनुसार यो लगातार तेस्रो महिनास्थिर रहेको हो ।
व्यायामले पनि हुन सक्छ हृदयाघात
‘कायदे में रहोगे तो फायदे मे रहोगे’ हिन्दी भाषाको यो भनाइ जीवनको जुनसुकै क्षेत्रमा लागू हुन्छ । सबैखाले खेलकुद, त्यसमा पनि ‘मसल्स बिल्डिङ’ खेलमा हृदयाघातबाट हुने मृत्यु एउटा अध्ययनको विषय हुन सक्छ ।
‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’
नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, लाङटाङलगायत क्षेत्रमा हुने गर्छ ।
अग्निपीडितले घर बनाए, राहत पाएनन्
गुल्मीका अग्निपीडितले घर बनाएर सम्पन्न गर्दा पनि राहत पाउन सकेका छैनन् । इस्मा गाउँपालिकाको –२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा २६ घरगोठ जलेर नष्ट भएका थिए ।
ताल भाडामा लिएर सिङ्गडा र माछा खेती
बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आउनुभएको छ ।
विद्यालयमा स्थानीय उत्पादनको खाजा
कर्णाली प्रदेशका आठ सय सामुदायिक विद्यालयमा स्थानीय उत्पादनका दिवा खाजा खुवाइने भएको छ ।
ड्रिलिङको काम असी प्रतिशत सम्पन्न
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ८० प्रतिशत सकिएको छ ।
कृषि विकासका लागि अनुसन्धान आवश्यक
मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले मधेशको कृषि क्षेत्रको विकासका लागि अनुसन्धान अति आवश्यक भएको बताउनुभयो । राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानद्वारा मङ्गलबार धनुषामा आयोजित दुईदिने प्रदेशस्तरीय प्रविधि हस्तान्तरण कार्यव्रmमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आवश्यकता औँल्याउनुभएको हो ।
नेपालगञ्जमा धमाधम घर नम्बरिङको काम
नेपालगञ्जमा पहिलो पटक घर नम्बरिङको काम धमाधम भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका १ देखि पहिलो पटक मेट्रिक प्रणालीको आधारमा घर नम्बरिङ्गको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रबक्ता तथा वडा १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित विद्यालयलाई सहयोग
रुकुमपश्चिमका भूकम्प प्रभावित विभिन्न विद्यालयमा बालमैत्री स्थल व्यवस्थापनका लागि विभिन्न सामग्री प्रदान गरिएको छ ।
मानुङकोट
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्य । कुहिरो र सूर्योदय हेर्न यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।
संरक्षणको पर्खाइमा शर्मालीगढी किल्ला
नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना तोप हराएका छन् ।
त्रियुगा पुल निर्माणको काम तीव्र
उदयपुरको चौदण्डिगढी नगरपालिका –१० स्थित मदन भण्डारी राजमार्गसँग हडिया र देवधारलाई जोड्नेगरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम तिव्र बनेको छ ।
बढ्यो चुनावी सरगर्मी
बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनको क्रममा चुनावी सरगर्मी बढ्न थालेका छन् ।
बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित
भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।
अवैध उत्खनन गर्नेविरुद्ध उजुरी
पाल्पामा सञ्चालित चार वटा चुनढुङ्गा खानीले राष्ट्रिय वन अतिक्रमण गरेर अवैध चुनढुङ्गा उत्खनन गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
नागरिकका गुनासोको चाङ
पालिकामा जनप्रतिनिधि निर्वाचित भएको साढे दुई वर्ष पूरा भएको छ । साढे दुई वर्षको बिचमा पालिकाका सेवाग्राहीको जनप्रतिनिधिप्रति गुनासो भने बढेको छ ।
धार्मिक पर्यटकहरुको गन्तव्य बन्दै सताक्षीधाम
केही वर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तीव्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ ।
आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन
खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।