सरकार आर्थिक विकासमा केन्द्रित : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताउनुभएको हो ।
'सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सहरी विकास मन्त्रालयको सचिवमा सिग्देल
सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि सहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।
नेपालमा एकल महिलाको सङ्ख्या नौ लाख ९७ हजार ६६२
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।
एनपिएल : कप्तान अनिल र आशिफ चम्किएपछि जनकपुरको लगातार दोस्रो जित
ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
तेस्रो पटक थपिएको म्यादमा पनि पुल नबन्ला भन्ने चिन्ता
मोरङको निर्वाचन क्षेत्र नंं. ३ अन्तर्गतका दुई पालिका जोड्ने दहीडाँस खोलाको पुल तेस्रो पटक थपिएको समयमा पनि नबन्ला कि भन्ने चिन्ता थपिएको छ ।
बझाङ ४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धीरेन्द्र पुजारा निर्वाचित हुनुभएको छ ।
तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन ‘डाटा पोर्टल’ सञ्चालनमा
राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ । कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरूलाई थप उपयोगी र परिष्कृत गर्ने उद्देश्यले कार्यालयले सोमबार एक समारोहका बिच पोर्टल सार्वजनिक गरेको हो ।
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ ।
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन
वि.सं. २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनर्निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ ।
प्लास्टिक प्रदूषणसम्बन्धी वार्ता निष्कर्षमा पुग्न सकेन
संयुक्त राष्ट्रसङ्घका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदूषण सन्धिका लागि भएको वार्ता निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ ।
किसान सामूहिक किवी खेतीमा
कम लगानीमा लामो समयसम्म राम्रो आम्दानी दिने किवी खेतीमा पुतली बजार –९ कोल्मा, कल्छेङदीका युवाहरू आकर्षित भएका छन् ।
रुकुमपूर्वको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनुभएको छ ।
समुदायको सेवामा समर्पित सामुदायिक वन
बाँकेका सामुदायिक वन समुदायको विकासका लागि मात्र नभएर जीविकोपार्जनको माध्यम बन्नुका साथै समुदायको सेवामा पनि समर्पित भएका छन् ।
डोल्पा ५ को वडाध्यक्षमा माओवादी केन्द्रका झाँक्री निर्वाचित
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।
नुवाकोट २ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे निर्वाचित
नुवाकोटको ककनी गाउँपालिका–२ मा को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।
कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ ।
रौतहट ६ को वडाध्यक्षमा कांग्रेसका आलम निर्वाचित
स्थानीय तह उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
कैलालीको कैलारी गाउँपालिका–७ मा अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
चितवनमा कांग्रेस र एमालेबिच दलीय संयन्त्र गठन
जिल्लामा नेपाली कांग्रेस र एमालेबिच दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो ।
'शिक्षामा बालबालिकाको सहज पहुँच आवश्यक छ'
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार भएकाले यसलाई अझै प्रभावकारी बनाउन आवश्यक सुझाव दिन आग्रह गर्नुभएको छ ।
नागरिक लगानी कोषको शाखा कार्यालयबाट आवास र सरल कर्जा
नागरिक लगानी कोषका सहभागीले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयबाट सहभागीहरूलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नुभएको छ ।
तेलहन बालीको क्षेत्रफलमा वृद्धि
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल बढेसँगै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।