• ८ पुस २०८१, सोमबार

सहरी विकास मन्त्रालयको सचिवमा सिग्देल

blog

गोपाल सिग्देल शहरी विकास मन्त्रालयको सचिवको कार्यभार सम्हाल्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर १७ गते । सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि सहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई सहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोमबार मन्त्रालयमा कर्मचारीहरूले सचिव सिग्देलको स्वागत गरेलगत्तै उहाँले कार्यभार सम्हाल्नुभएको छ । उहाँ यसअघि जल तथा ऊर्जा आयोगमा सचिव हुनुहुन्थ्यो ।