कास्की १ मा एमालेका मनबहादुर विजयी
कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का मनबहादुर गुरुङ विजयी हुनुभएको छ ।
हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी
हुम्लाको प्रदेशसभा (क) मा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनु भएको छ ।
मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू विजयी
मोरङ ३ (क)मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू विजयी हुनुभएको छ । लिम्बूले १८ हजार २८६ मतका साथ विजयी हुनु भएको हो ।
बाँके १ मा एमोलका ढकाल विजयी
बाँके क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल विजयी हुनुभएको छ ।
धनुषा २ मा कांग्रेसका यादव र ३ मा एमालेका महतो विजयी
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।
कास्की ३ को (ख)मा कांग्रेसका बराल विजयी
कास्की क्षेत्र ३ (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका प्रकाश बराल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गर्नुभएको हो ।
सर्लाही २ (क) मा कांग्रेसका राय विजयी
सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
लागूऔषधसहित युवक पक्राउ
सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपी नियन्त्रित लागूऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप प्रदेश (क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी
रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ ।
सधैँ नयाँ रोज्छन् भक्तपुरका मतदाता
कतिपय निर्वाचन क्षेत्रमा एउटै व्यक्ति र दलले निरन्तर निर्वाचन जितेको समाचार आइरहे पनि भक्तपुर निर्वाचन क्षेत्र नं. २ को निर्वाचनको इतिहासले भने फरक परिदृश्य देखाउँदै आएको छ । यस क्षेत्रका मतदाताले हरेक निर्वाचनमा फरक–फरक राजनीतिक दल र उम्मेदवारलाई अवसर दिँदै आएका छन् । यस पटकको निर्वाचन परिणामले पनि त्यस्तै परिदृश्य देखाएको छ । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि २०४८ सालदेखि २०७९ सालसम्मको आमनिर्वाचनसम्म यहाँका मतदाताले हरेक पटक फरक–फरक दललाई विजयी गराउँदै आएका छन् । भक्तपुर क्षेत्र नं. २ को मतपरिणामले पनि यस्तै देखाएको छ । गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा २४ हजार २३९ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश बस्नेत २३ हजार २८२ मत प्राप्त गरी पराजित हुनुभयो ।
म्यादी प्रहरी बिदाइ
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि धनकुटा जिल्लाका विभिन्न मतदान स्थलमा खटिएका ९४० म्यादी प्रहरीलाई बिदाइ गरिएको छ ।
चर्चित नेताहरू हार्ने क्रम जारी
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रत्यक्षतर्फको करिब ४० प्रतिशतभन्दा बढी निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । परिणाम सार्वजनिक भइरहँदा राजनीतिक दलका चर्चित नेता हार्ने क्रम जारी छ । बिहीबार अबेर रातिसम्म सार्वजनिक भएको परिणामबमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता बलबहादुर केसी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित हुनुभएको छ ।
रुकुमपश्चिम प्रदेशसभा (क) बाट माओवादी केन्द्रका महेन्द्र केसी विजयी
रुकुम पश्चिम प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का महेन्द्र केसी विजयी हुनुभएको छ । केसीले १९ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ मा कांग्रेसका बस्नेत विजयी
प्रतिनिधि सभा–२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।
रुकुमपश्चिम प्रदेशसभा (ख) बाट शर्मा विजयी
रुकुमपश्चिम प्रदेशसभा (ख) बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजकुमार शर्मा विजयी हुनुभएको छ ।
साँघुरा गल्लीमा पाइपलाइन
काठमाडौं महानगरपालिकाले महानगरको साँघुरा गल्लीमा पाइपलाइन बिछ्याउन सुरु गरेको छ।
तेह्रथुम प्रदेशसभा (ख) मा माओवादीका दुर्गा चापागाईँ विजयी
तेह्रथुम प्रदेशसभा (ख) मा (नेकपा माओवादी केन्द्र) का दुर्गाप्रसाद चापागाईँ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । ३९४ मतान्तरले प्रदेश सभा सदस्यमा चापागाईँ विजयी हुनुभएको हो ।
महानगरले म्यादी प्रहरी राख्ने
काठमाडौँ महानगरपालिकाले एक वर्षका लागि म्यादी प्रहरी राख्ने भएको छ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सहरी व्यवस्थापन, फुटपाथ नियन्त्रण, होडिङ बोर्ड र परिचय पाटी हटाउन म्यादी प्रहरी राख्न लागिएको बताउनुभयो।
सङ्खुवासभा प्रदेशसभा (क) मा माओवादी केन्द्रका राजेन्द्र कार्की विजयी
सङ्खुवासभा प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की विजयी हुनुभएको छ ।
लामिछानेविरुद्ध उजुरी क्षेत्राधिकार बाहिर : आयोग
चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने आयोगले जनाएको छ।
लाइसेन्स आवेदन खुला हुने
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन मङ्सिर ११ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि बन्द गरेको अनलाइन आवेदन ११ दिनपछि खुला गर्ने भएको हो।
जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै
सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको हो । राष्ट्रिय जनगणना, २०७८ को क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सामुदायिक प्रश्नावली निर्माण गरी विकासका भौतिक पूर्वाधारसहितको तथ्याङ्क सार्वजनिक गर्न लागिएको जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगर छुट्टिने गरी विवरण सार्वजनिक गरिने बताउनुभयो ।
बैतडीबाट एमाले नेता भण्डारीले गर्नुभयो जितको ह्याट्रिक
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीबाट नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विजयी हुनुभएको छ । संसदीय राजनीतिमा भण्डारीको बैतडीबाट लगातार यो तेस्रो जित हो । उहाँले जितमा ह्याट्रिक गर्नुभएको छ ।
कपिलवस्तु १ प्रदेशसभा (क) मा एमालेका पन्थी विजयी
कपिलवस्तु १ (क) प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले) का विष्णु पन्थी विजयी हुनुभएको छ । पन्थीले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई ४ हजार ४५० मतान्तरले पराजित गर्नुभएको हो ।