स्वयंसेवी रक्तदाताको सङ्ख्या वृद्धि हुँदै
जिल्लामा स्वयंसेवी रक्तदाताको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा पाँच हजार तीन सय ९१ जना रक्तदातामध्ये पाँच हजार एकसय ३८ जना स्वयंसेवी रक्तदाता रहेका छन् ।
लोकतान्त्रिक गठबन्धन र राजनीतिक विषयक अन्तरक्रियामा प्रधानमन्त्री (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गठबन्धन र आजको राजनीतिक’ विषयक अन्तरक्रिया सुरु भएको छ ।
राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन पुग्नुभएको हो ।
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित
सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
विवाद टुङ्ग्याउन थप समय माग
बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक समितिबाट पारित गर्न सरकारले नै समय माग गरेको छ । विधेयकका अन्तरवस्तुमा थप छलफलका लागि भन्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समय माग गर्नुभएको हो । सामान्यतः सरकारले विधेयक चाँडो पारितका लागि आग्रह गर्ने र दलहरूले समय माग गर्ने चलन भए पनि टिआरसी विधेयकमा सरकारले नै समय माग गरेको हो । कानुन, न्याय तथा मानव अधिकार समितिले आइतबार विधेयक पारितको तयारी गरेको थियो ।
उन्नाइस सदस्यको शपथ आज
राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
पचास कर्मचारी जिम्मेवारीविहीन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० जना कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन् । जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्कने गरेका छन् । स्थानीय तहमा भने कर्मचारीको अभावमा अहिले पनि एक जना कर्मचारीले दुईदेखि तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिनु परेको छ ।
देशी रोग र किराले खेती बर्बाद
मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन (चेकजाँच) का कारण नेपालमा त्यस्ता सङ्क्रमणको जोखिम बर्सेनि बढिरहेको छ ।
हत्या गरेको आरोपमा एक पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
युएसएआइडीद्वारा करिब ११ अर्ब सहायताको घोषणा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ ।
दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने
पाख्रिबास नगरपालिकामा दादुरा रूबेला रोगविरूद्धको खोप अभियान सञ्चालन गरी खोप लगाइने भएको छ । जिल्लाको पाख्रीवास नगरपालिकामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म उक्त खोप लगाइने भएको हो ।
पन्ध्र करोड लागनीमा सुविधासम्पन्न होटल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी कोरिडोरमा खुलेका नयाँ सुविधासम्पन्न होटलले पर्यटकलाई सुविधा पुगेको बताउनुभएको छ ।
महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालियो
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ ।समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
जीवनशैलीले ग्यास्टिकको समस्या निम्तिन्छ : डा.पौडेल
ग्यास्टिक आम नेपालीको साझा समस्या हो । ग्यास्टिक सबै उमेरका मानिसलाई सताउने गर्छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा.शेखर पौडेलका अनुसार मेडिकल भाषामा ग्यास्टिक लाई ग्यास्टाइटिक भन्ने गरिन्छ ।
तीन विश्वविद्यालय उपकुलपतिविहीन
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहनुभएको छ ।
भृकुटीमण्डपमा भाडा तिर्न अटेर, उठेन साढे छ करोड रुपियाँ
काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ । भृकुटीमण्डप परिसरमा विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेको स्टल तथा भवन एवं मेला, प्रदर्शनी आदि गरेबापतको भाडा तिर्न अटेर गरेका छन् । गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार उनीहरूबाट करिब छ करोड ५३ लाख रुपियाँ उठ्न बाँकी छ । परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएको बताउँदै भन्नुभयो, “राजनीतिक शक्तिको आडमा उठाउन सकेका छैनौँ । बारम्बार ताकेता गर्दा पनि अटेर गर्दै आएका छन् ।”
विद्युतीय गाडीमा आकर्षण,सात महिनामा १८ अर्बको आयात
पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो । बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो ।
तिलौराकोटमा भेटियो छ्योरतेन
प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेको केन्द्रीय संरचना परिसर थप अनुसन्धानका लागि उत्खनन गरिएको हो । लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीका अनुसार तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको हो । उहाँले गत वर्षको उत्खननमा प्राप्त स्तूप, त्यसमाथि पोस्टहोल, टायल र गजुर भेटिएको हुनाले नेपालको उत्तरी भागमा यस्ता छ्योरतेन देख्न सकिने बताउनुभयो ।
सगरमाथा आरोहीलाई विद्युतीय चिप्स
सरकारले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने आरोहीले लगाउने विशेष पोसाक (ज्याकेट) मा विद्युतीय चिप्स जडान गर्ने भएको हो ।
नवनिर्मित भवन हस्तान्तरण
साँगुरीगढी गाउँपालिका –४ फाक्सिवमा नवनिर्मित स्वास्थ्य चौकीको भवन सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रूम्दाली राईलाई एक कार्यक्रमविच हस्तान्तरण गर्नुभएको छ ।
निःशुल्क स्वास्थ्य शिविर र खेल सामग्री वितरण
दुर्गा लक्ष्मी परोपकार संस्थाले निःशुल्क स्वास्थ्य जाँच शिविर तथा खेलक्ुद सामग्री बितरण गरेको छ । धनकुटास्थित श्रीपञ्चमी पार्कमा रहेको बाल पुनःस्थापना केन्द्रमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा खेल सामग्री समेत वितरण गरिएको हो ।
व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग
बाँकेमा अर्ग्यानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् ।
लक्ष्यअनुसार पूर्ण खोप अभियान चलाइने
सरकारले आगामी सन् २०२६ सम्ममा नेपालमा दादुरा रुबेला रोगमुक्त देश बनाउने लक्ष्यसाथ इलाममा दादुरा रुबेला खोप अभियान चलाउने भएको छ ।
वडा कार्यालय भवनको शिलान्यास
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो ।