गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।
स्याङ्जा सवारी दुर्घटनाः एक वर्षमा १२ जनाको मृत्यु
जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
नयाँ आलुको मूल्य तेब्बरले वृद्धि
किसानले उत्पादन गरेको नयाँ आलु बजारमा आएसँगै त्यसको मूल्य तेब्बरले वृद्धि भएको छ । पुरानो आलु सकिएको र नयाँ आलु बजारको मागभन्दा कम आउन थालेपछि आलुको मूल्य बृद्धि भएको हो ।
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारतको चम्पावत जिल्ला मिनाबजार बनबासा बस्ने वर्ष ३० का चाँद कुरैसी र अर्का एक नाम, थर, वतन नखुलेका व्यक्ति रहेका छन् ।
रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । इन्सेकले प्यूठानसहित देशभरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
न्यूरोडमा फुटपाथ विस्तारको काम बुधबारदेखि पुनः सुरु
काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महनगरले बुधबार बिहानदेखि पुनः काम सुरु गरेको हो ।
गैंडाको आक्रमणबाट एक जना घाइते
गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितवन माडी नगरपालिका वडा नम्बर ८ शिवद्वारस्थित मगर होम स्टेमा काम गर्ने क्रममा साईला भन्ने ४० वर्षीय मिलन लामालाई गैंडाले आक्रमण गरेको हो ।
चट्याङ लागेर चार घाइते
कालीकोटको नरहरीनाथ गाउँपालिकाको –५ मा पर्ने लेकाली क्षेत्रमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।
मुस्लिम समुदायको ताजिया
मुस्लिम समुदायको पर्व मोहर्रमको अन्तिम दिन विसर्जनका लागि नेपालगञ्जस्थित एक घर अगाडि तयारी अवस्थामा राखिएको ताजिया । तस्बिरः गोविन्द शर्मा
खोलामा डुबेर एकको मृत्यु
मङ्गलबार दिउँसो पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दिउँसो २ बजेतिर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –७ घर भई हाल पोखरा –८, नागढुङ्गा बस्ने २८ वर्षीय सन्तोष सिम्खडा खोलामा डुब्नुभएको थियो ।
ढुंगा लागेर महिलाको मृत्यु
बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ । मंगलबार मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो ।
समाधानमुखी पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग भएकाले रचनात्मक र समाधानमुखी पत्रकारिताको आवश्यकता रहेको बताउनुभएको छ ।
कार्यविधि निर्माणमा ढिलाइ
निर्वाचन आयोगले तीन वटा कार्यविधिको मसौदामाथि सुझाव आह्वान गरेको करिब एक वर्ष बित्न लाग्दा अझै अन्तिम रूप दिन सकेको छैन । विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८०, स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यव्रmम सञ्चालन कार्यविधि–२०८० को मसौदा बनाएर आयोगले गत कात्तिकमै सुझाव आह्वान गरेको थियो ।
अनुसन्धानमा लगानी बढाउन आग्रह
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यलाई आवश्यक पर्ने ज्ञान उत्पादनका लागि विश्वविद्यालय अन्तर्गत रहेका अनुसन्धान केन्द्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपा
न्यायपालिकाको पाँचौँ रणनीतिक योजना:मुद्दा फस्र्योटमा महत्त्वाकाङ्क्षी लक्ष्य
सर्वोच्च अदालतमा मुद्दा फस्र्योटको महत्वाकाङ्क्षी लक्ष्यसहित न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक भएको छ । विचाराधीनमध्ये वार्षिक लक्ष्यमा दुई तिहाइ मुद्दा फस्र्योट हुन
पहिरोको उच्च जोखिममा नरहरिनाथ
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा छ । २०७५ साल यता पटक–पटक पहिरोका कारण यहाँका नागरिकले ज्यान गुमाउँदै आएका छन् । सोमबार राती आएको पहिरोका कारणले चार चौपाया मरेका छन् ।
चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सुरु
चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो ।
झापावासी भन्छन्–प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ
चौथोपटक प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् ।
११ दिनपछि कर्णाली करिडोरको खच्चा सडक खण्ड सञ्चालनमा
कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–५ को खच्चाको सडक ११ दिनपछि सञ्चालनमा आएको छ ।
तत्काल कुनै निर्णय नलिन माओवादीलाई आग्रह
राजनीतिक दलहरूबिच नयाँ गठबन्धन बनेपछि सङ्घीय सरकार परिवर्तन भएको छ तर सङ्घीय गठबन्धनको असर कोशी प्रदेशको राजनीतिमा भने तत्काल देखिएको छैन । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अहिले नै नेकपा (माओवादी केन्द्र) लाई सरकारबाट हटाउने पक्षमा देखिनुभएको छैन । यसले गर्दा कोशी प्रदेशको राजनीति कसरी अगाडि बढ्छ भन्ने अनुमान गर्न केही दिन कुर्नैपर्ने भएको छ ।
नगर अस्पतालमा आकस्मिक कक्ष सुरु
वराहक्षेत्र नगर अस्पतालमा आकस्मिक कक्षको सुरुवात गरिएको छ । बिरामीलाई आकस्मिक सेवा प्रदान गर्न आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालको आफ्नै आन्तरिक स्रोतबाट निर्माण गरी आकस्मिक कक्षको विधिवत रूपमा उद्घाटन गरिएको छ ।
भारी वर्षा बारे अध्ययन गर्दे विज्ञ टोली
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा भारी वर्षा हुनाको कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागको विज्ञ टोलीले अध्ययन गरेको छ ।
ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी
तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ ।
चट्याङ लागेर १४ भेडा मरे
कालीकोटको खाँडाचक्र नगरपालिकामा चट्याङ लागेर १४ भेडा मरेका छन् । वडा ६ को लेखमा रहेको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका हुन् ।