रञ्जन कोइराला नयाँ बानेश्वरबाट पक्राउ
सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई प्रहरीले शुक्रबार नयाँ बानेश्वरबाट पक्राउ गरेको छ।
होमस्टे सञ्चालनमा उत्साहित कैलालीका कठरिया समुदाय
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १३ गते । कैलालीका कठरिया थारु समुदाय आफ्नो पहिचान झल्काउने होमस्टे (घरबास) सञ्चालनका लागि हौसिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–११ तप्पा गाउँका कठरिया समुदायका युवायुवती होमस्टे सञ्चालनमा उत्साहित भएका हुन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा होमस्टे सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागी उहाँहरुले होमस्टेको महत्व बुझेपछि आफ्नो ठाउँको विकास र कठरिया समुदायको सांस्कृतिक पहिचान सामाजिक विकासमा सामुदायिक होमस्टे सञ्चालनका लागि एकजुट भएर लाग्ने बताउनुभएको छ । गाउँका युवा सरद कठरियाले होमस्टे बारेमा सुनेको भएपनि त्यसको उद्देश्य थाहा नभएको बताउँदै जनचेतनामुलक कार्यक्रमबाट धेरैकुरा बुझ्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘तप्पा गाउँमा रहेको १४० घर सबै कठरिया समुदायको छ, हामीले आफ्नो कला संस्कृतिलाई चिनाउने अवसर होमस्टेबाट गर्नसक्ने रहेछौं ।’ सरद मात्र होईन सो गाउँका धेरै युवादेखि बयस्कसम्म होमस्टे सञ्चालनमा उत्साहित भएको बताउनुभयो । आफ्नो समुदायको कला संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन कठरिया समुदायका लागि एउटा अवसर हुने स्थानीय युवा टिआर कठरियाले बताउनुभयो । उहाँले भन्नुभयो ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला संस्कृति चिनाउन पाउने छौ्ं, कठरिया समुदायको पहिचानको प्रचारप्रसार समेत हुनेछ ।’भलभन्सा भोजप्रसाद कठरियाले बाहिरका मानिसलाई आफ्नो चालचलन अनुसार जे जे खानेकुरा छ बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउन होमस्टे राम्रो माध्यम बन्ने बताउनुभयो । ग्रामीण पर्यटन विकासका लागि होमस्टेको महत्वरहेको बताउदै तारागाउँ विकास समितिका सदस्यसचिव मदनगोपाल बानियाले कठरिया समुदाय रहेको तप्पा गाउँमा होमस्टे सञ्चालनमा आए कठरिया समुदायको कला संस्कृतिको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।पहलमानुपुर बजारदेखि दक्षिण लालबोजी सडकखण्डमा पर्ने तप्पा गाउँमा होमस्टे सञ्चालन आएपछि त्यस क्षेत्रको ग्रामीण पर्यटन विकास हुने समेत अपेक्षा गरिएको छ । होमस्टे सञ्चालनक लागि तारा गाउँ विकास समितिले एक दशक्देखि सहयोग गर्दैआएको छ । होमस्टे सञ्चालनका लागि समितिले सामुदायिक भवन निर्माण, सांस्कृतिक संग्रालय, पाहुनाको स्वागत सत्कार र ग्रामिण पर्यटनको बजारिकरणमा सहयोग गर्दैआएको सदस्यसचिव बानियाले बताउनुभयो ।तप्पा गाउँमा होमस्टे सञ्चालनका लागि लामो समयदेखि पर्यटन व्यवसायी डबल शाहले पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहले कैलालीमा ६० गाउँ कठरिया समुदायको रहेको जनाउँदै तप्पा होमस्टेले पर्यटन विकासका लागि कनेक्टिभिटीको कामगर्ने विश्वास व्यक्त गर्नुभयो । शाहले कठरिया समुदायलाई नजिकबाट बुझेको बताउँदै भन्नुभयो ‘कठरिया समुदायको कला संस्कृति अत्यन्त राम्रो छ, पहिचान र संस्कृति जोगाउन हामस्टेले मद्दत गर्छ, गाउँको सरसफाई, आर्थिक आय आर्जन, सामाजिक विकासमा पनि सहयोग पुग्छ । साथै पर्यटन विकासमा कनेक्टीभिटिको समेत काम गर्छ ।’होमस्टे सञ्चालनका लागि तारागाउँ विकास समितिका प्रशिक्षक घनश्याम ढकालले हाल नेपालमा पाँच हजार हाराहारीमा निजी तथा तीन हजार पाँचसय सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
महिला हिंसा र विभेदमा कमी आएन : डा. बिन्दा पाण्डे
प्रतिनिधिसभा सदस्य डा. बिन्दा पाण्डेले देशमा राजनीतिक परिवर्तन र विभिन्न व्यवस्थामा परिवर्तन भए पनि महिला हिंसा र विभेदमा कमी आउन नसकेको बताउनुभएको छ ।
बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य
कपिल ज्ञवालीसिद्धार्थनगर,जेठ १३ गते। लुम्बिनीबौद्ध विश्वविद्यालय र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता भएको छ। २०७९ जेठ १२ गते विश्वविद्यालयको सभाहलमा आयोजित एक समारोहबीच दुई संस्थाबीच सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको हो।सम्झौता पत्रमा विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्य र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महापबवन्धक गोविन्दप्रसाद धितालले हस्तारक्षर गर्नुभयो। यो सम्झौतापछि बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी कलेज बुटवलमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषयमा अध्ययनरत विद्यार्थी इन्टनसीपका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जानेछन्। चालु शैक्षिक सत्रमै १३ जना विद्यार्थी अन्तर्राष्ट्रिय विमानस्थलमा सिकाई अभ्यासमा खटिनेछन्।दिगो पर्यटन विकासका लागि नागरिक उड्ययन तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने संयुक्त उद्देश्य सहकार्यको रहेको छ। लुम्बिनी प्रदेशभित्रका पर्यटकीय क्षेत्र तथा बौद्ध स्मारकको प्रवद्र्धन गर्ने, नागरिक उड््डयन तथा पर्यटन उद्योग क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले सम्झौता गरिएको हो।सम्झौता पत्रमा साक्षीको रुपमा विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख निरबहादुर गुरुङ, सिटी कलेज बुटवलका संयोजक बलबहादुर पाण्डे तथा गौतमबुद्ध बिमानस्थल व्यवस्थापन विभाग प्रमुख हेमप्रसाद दाहाल र टर्मिन ड्युटी अफिसका प्रमुख सुर्यबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ।कार्यक्रममा बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, केन्द्रीय क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेल लगायत शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।
अन्तरर्राष्ट्रिय शान्ति सेना दिवस मनाइयो
नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै शुक्रबार ‘अन्तरर्राष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ।
विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन अनेरास्ववियुको माग
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउन माग गरेको छ।
रेनु दाहाल सवार गाडी दुर्घटना
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ।
प्रतिनिधिसभा बैठकमा राजेन्द्र महतोको प्रश्न- नेपालको विकास सधैं कछुवा गतिमा किन ?
काठमाडौं, जेठ १३ गते। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्नेक्रम जारी छ। सांसद राजेन्द्र महतोले सरकारले हरेक वर्ष ल्याउने र छलफल गर्ने नीति तथा कार्यक्रममाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले २०१३ सालदेखि पञ्च वर्षीय कार्यक्रम, २००७ सालदेखि वार्षिक बजेटेको अभ्यास देशमा भए पनि देशले विकासमा छलाङ मार्न नसकेको बताउनुभयो। “यो ७० वर्षको अभ्यास के छ ? ७० वर्ष पहिले र आजको अवस्थामा देशमा के परिवर्तन आयो ? त्यसमा पो समीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आज हामीसँगै हिँडेको दुनियाँ कहाँ छ ? नेपाल कहाँ पुग्यो ? यसको माध्यमबाट नेपालले के फड्को मार्यो।”सधैं कर्मकाण्डी नीति, कार्यक्रम आउने, घण्टौं छलफल गर्ने तर यसको प्रतिफल कहिल्यै प्राप्त हुन नसकेको उहाँले बताउनुभएको छ। पञ्चायतकालपछि बहुदलीय र गणतन्त्रको व्यवस्थासम्म विभिन्न सरकारले नेतृत्व गरेको तर, एउटा नेपालले अझै पनि एउटा सियोसमेत उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो। यसले समग्रमा, राजनीतिक दल र लोकतन्त्रलाई नै कमजोर पारेको उहाँको भनाइ छ।
द्वन्द्वकालीन घटनाका पीडितको न्यायका लागि सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाण
काठमाडौं, जेठ १३ गते। गृहमन्त्री बालकृष्ण खाणले द्वन्द्वकालीन घटनाका पीडितको न्यायका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो। ‘‘द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा नेपाल सरकार प्रतिवद्ध रहेकोले संक्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्याइनेछ’’, गृहमन्त्री खाणले भन्नुभयो। आयोगले मानव बेचबिखनको सम्बोधन गर्न गरेको कामको उहाँले खुलेर प्रशंसा गर्नुभयो। दिगो विकास लक्ष्य, २०३० हासिल गर्न नेपाल सरकार कटिबद्ध रहेको उहाँको भनाइ छ। दिगो विकास लक्ष्यको कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो। सम्बोधनको पूर्णपाठ