दक्षिण कोरियामा एकै दिनमा ८० हजारभन्दा बढी सङ्क्रमित
दक्षिण कोरियामा कोभिड १९ को सङ्क्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टाभित्र मात्र ८० हजार जनाभन्दा बढीमा कोभिडको सङ्क्रमण भएको छ ।
चीनको साङ्घाइमा कोभिडका सङ्क्रमित बढ्दै
चीनको साङ्घाइमा कोभिड १९ का सङ्क्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका सङ्क्रमितहरु बढेको पाइएको जनाएका हुन् ।
अमेरिकाले युक्रेनमा दूतावास फेरि खोल्ने
अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गर्नु भएको छ ।
फ्रान्सका राष्ट्रपति माक्रोन फेरि निर्वाचित
फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ । प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्याउनु भएको हो ।
सुडानमा भएको जातीय दंगामा १५ को मृत्यु
सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो ।
भारतमा दुई हजार पाँच समयभन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु
भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।
६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी
यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो ।
इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा
इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गर्नुभएको छ । उहाँले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै यहाँका नागरिकको सुरक्षाका लागि आफूहरुको ऐक्यबद्धता रहने बताउनुभएको छ ।
भारतमा २४ घण्टामा दुई हजार ५९३ कोरोनाका नयाँ सङ्क्रमित
भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।