• १० जेठ २०८१, बिहिबार

दक्षिण कोरियामा एकै दिनमा ८० हजारभन्दा बढी सङ्क्रमित

blog

सोल, वैशाख १३ गते । दक्षिण कोरियामा कोभिड १९ को सङ्क्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टाभित्र मात्र ८० हजार जनाभन्दा बढीमा कोभिडको सङ्क्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टा यतामात्र  ८० हजार ३६१ जना सङ्क्रमित भेटिएका छन् ।

यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका सङ्क्रमित बढ्दै गएकाले अहिले एक करोड ७० लाख मानिसमा कोभिडको सङ्क्रमण पुगेको पाइएको पनि समाचारमा जनाइएको छ । यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि एक् लाख मानिसमा कोभिडको सङ्क्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा सङ्क्रमण पुगेको थियो ।

सोमबार  यहाँ कोभिडका सङ्क्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनमा कोभिडका सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । यहाँका यी सङ्क्रमितमध्ये ६१३ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सङ्क्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड सङ्क्रमितमा मृत्युदर भने न्यून रहेको बताएका छन् ।