बेरुत, वैशाख ११ गते । यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो । हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।
तर, यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कति कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनिज रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।
उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । अहिले नै त्यहाँ के कति क्षति पुगेको छ र ती यात्रु को हुन् भन्ने बारेमा पनि केही पत्ता नलागेको पनि सो रेडक्रसले जनाएको छ ।