• ५ जेठ २०८१, शनिबार

चीनको साङ्घाइमा कोभिडका सङ्क्रमित बढ्दै

blog

सांघाइ, वैशाख १३ गते । चीनको साङ्घाइमा कोभिड १९ का सङ्क्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका सङ्क्रमितहरु बढेको पाइएको जनाएका हुन् । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घण्टाभित्र १ हजार ६६१ जनामा सङ्क्रमण देखिएको छ । 

यी सङ्क्रमितहरु साङ्घाइमै सङ्क्रमण भएर देखिएका बताइएको छ । हाल साङ्घाइमा मात्र १५ हजार ३१९ जना सङ्क्रमित छन् । चीनमा पछिल्ला केही समयमा चीनभित्रै सङ्क्रमित भएकाहरुको सङ्ख्या बढ्दो देखिएको छ । चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ ।

यहाँको स्थानीय सरकारले साङ्घाइमा मात्र सोमबार ५२ जनाको कोभिड सङ्क्रमणका कारण निधन भएको छ । ती ५२ जना सङक्रमित गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ ।