सिरियामा इजरायलको आक्रमण जारी, चार सैनिकको मृत्यु
सिरियाको दमास्कसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ । केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ ।
मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु
मेक्सिको सिटी, अप्रिल २७ गते । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन् । "आज बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपतकालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो," फयादले ट्वीट गरेका छन्। झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको छ। यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव युक्रेनमा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेज युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।
थलिएको श्रीलङ्का
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्र श्रीलङ्का यतिखेर चरम आर्थिक सङ्कटमा परेको छ । तीन दशक लामो तामिल विद्रोहको अन्त्यसँगै राजपाक्ष दाजुभाइको शासनबाट मुलुकले निकाससहितको आर्थिक समृद्धि र शान्ति पाउने अपेक्षा गरिएको थियो तर अवस्था ठीकविपरीत भयो । सरकारले राहत र सुरक्षा दिन नसकेपछि हिंसात्मक घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने भन्दै सरकारले देशव्यापी सङ्कटकाल घोषणासमेत गर्नु परेको छ ।
म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय
म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ ।
सिरियामा आर्थिक सङ्कटसँगै मानवीय अवस्था गम्भीर
सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
चीनमा एक हजार आठ सयभन्दा बढी सङ्क्रमित, साङ्घाइमा धेरै
चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि सङ्क्रमितहरु देखिएका हुन् ।
युक्रेनी अकाल होलोदोमोर
जोसेफ स्टालिनको सत्ता मातहत समष्टिवाद लाद्न तथा युक्रेनी राष्ट्रवादलाई झट्का दिन अपनाइएको क्रुर प्रयासमा ३९ लाख मानिसको ज्यान गएको थियो । स्टालिन सत्तामा रहँदा सन् १९३२–३३ मा युक्रेनको चरम अकालले गर्दा भोकमरीमा परेका मानिस खान खोज्न चारैतिर भौँतारिन थालेका थिए । खान योग्य जे पायो त्यही खाने मानसिकता उनीहरूमा झाङ्गिएको थियो । स्टेभिस्च गाउँमा एक युवा किसानले उजाड बगैँचामा पथिकहरू आफ्ना हातले खनिरहेको देखे । तीमध्ये धेरै जना दुर्बल थिए, उनीले सम्झे– उनीहरूको शरीर फुल्न सुरु भएको र चरम कुपोषणले गर्दा गन्हाउन थालेको थियो ।
एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति
सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनु भएको छ ।