प्रचण्ड गर्मीका कारण स्पेनमा एक हप्तामा ६७९ को मृत्यु
स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको हो ।
हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा
इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ ।
सम्बन्ध सुदृढ पार्न रुस र इरान सहमत
रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।
तालिवानले सयौँ मानव अधिकार उल्लङ्घन गरेको राष्ट्रसङ्घको भनाइ
काबुल, साउन ५ गते ।तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी नआएको राष्ट्रसंघले बताएको हो । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग (यूनामा) का कार्यकारी प्रमुख मार्कस पोट्जेलले काबुलमा आयोजित समाचार सम्मेलनमा भन्नुभयो, ‘हाम्रो रिपोर्टको निष्कर्ष अत्यन्तै गम्भीर छ भन्ने कुरालाई कसैले नकार्न सकेको छैन ।’तालिबानले अफगानिस्तानमा रहेको यस पहिलेको पश्चिमी समर्थित सरकारलाई परास्त गरेदेखि अधिकारको दुरुपयोगको आरोपलाई नियमित रूपमा अस्वीकार गर्दै आएका छन् तर बुधबार सार्वजनिक गरिएको संयुक्त राष्ट्रसंघको रिपोर्टले धेरै तथ्य सार्वजनिक गरेको छ ।यूनामाले अगस्तदेखि १६० वटा अतिरिक्त न्यायिक हत्या, यातना र दुव्र्यवहारका ५६ घटना र १७० भन्दा बढी जथाभावी गिरफ्तारी तथा पूर्व सरकारी अधिकारी तथा राष्ट्रिय सुरक्षा बलका सदस्यलाई थुनामा राखेको आरोप दर्ता गरेको छ । यातना दिने सबैभन्दा सामान्य तरिका लात हान्ने, मुक्का हान्ने र थप्पड लगाउने रहेको तथा केबुल र पाइपले पिट्ने करेन्ट लगाउने र अन्य उपकरणहरूको प्रयोग गर्ने जस्ता मानव अधिकार हननका काम गरेको आरोप ती मुद्दामा लगाइएको छ । आरोपमा दुई सयभन्दा बढी क्रुर, अमानवीय वा अपमानजनक सजायका उदाहरणहरू गरेको र एक सयभन्दा बढी बल प्रयोगका घटना घटाएको उल्लेख छ ।यद्यपि युद्धको अन्त्य भएदेखि देशभरि सुरक्षामा निकै सुधार आएको छ र निजामती घाइतेहरूको सङ्ख्यामा ठूलो कमी आएको छ । सन् १९९६ देखि २००१ को बीचमा आतङ्कको क्रुर अवधिका लागि चिनिएको तालिबानले अफगानीहरू, विशेष गरी महिला तथा केटीको स्वतन्त्रतामा तीव्र प्रतिबन्ध लगाएका छन् । यूनामाले हत्या, बलात्कार, आत्महत्या, बालविवाह र आक्रमणलगायत जबरजस्ती विवाहका साथै सम्मान हरणका दुई मुद्दासहित महिला र बालिकामाथि हुने हिंसाका ८७ आरोप सार्वजनिक गरेको छ । तीमध्ये कुनै पनि औपचारिक रूपमा न्याय प्रणालीमा दर्ता भएका छैनन् ।मुद्दा दर्ता गरिएका मुद्दामध्ये एक दम्पती पनि थिए जसलाई इस्लाम कानुनको हित विपरित सम्बन्ध जोडेको आरोप लगाई सार्वजनिक रूपमा ढुङ्गाले हानेर मारिएको थियो । अफगानिस्तानमा संयुक्त राष्ट्रको मानवअधिकार मिशनकी प्रमुख फियोना फ्रेजरले अफगानिस्तानमा ‘दण्डरहिनता प्रबल’ भएको बताउनुभयो र आरोप कम रिपोर्ट भएको हुनसक्ने स्वीकार गर्नुभयो । यूनामा दुब्र्यवहारमा तालिबानको धार्मिक प्रहरी र गुप्तचर सेवाको सहभागिताका बारेमा ‘विशेष गरी चिन्तित’ रहेको उहाँले बताउनुभयो । युनामाका अनुसार यो अवधिमा सात सयभन्दा बढी नागरिक मारिएका छन् र आक्रमणमा कम्तीमा पनि एक हजार चार सय घाइते भएका छन् ।
पाकिस्तानमा कोरोनाबाट थप सात जनाको मृत्यु
पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५९२ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु
एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।
बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस
बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।
तातो हावाबाट ५१० जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने सङ्ख्या पाँच सय १० पुगेको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन ।