भारतमा १६ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि
बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार ८६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
कुवेतमा नयाँ प्रधानमन्त्री
कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराउनुभएको छ ।
फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीनको मृत्यु
फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीनजनाको मृत्यु भएको छ ।
नयाँदिल्लीमा पनि मङ्कीपक्सका बिरामी
यहाँ मङ्कीपक्सका एकजना बिरामी फेला परेका छन् । राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ ।
मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु
शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या
मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको बीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, तीन बेपत्ता
इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।
गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन
तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।