प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सडक दुर्घटनामा सात जनाको मृत्य
पूर्वीपाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
यौन हिंसा रोक्न युएन वुमनको आग्रह
लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
टोरन्टो विमानस्थलबाट करोडौँको सुन चोरी
टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् ।
सुडान द्वन्द्व : युद्धविरामका लागि बढ्दो बाह्य दबाब
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो ।
दक्षिण कोरियाको उत्पादक मूल्य उकालो लाग्दै
दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैङ्कको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
भारत सरकार सुडानबाट आफ्ना नागरिक फिर्ता लिन तम्तयार
भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गर्नु भएको छ ।
राष्ट्रपति बाइडेनले अर्को हप्ता पुन : चुनावी अभियान घोषणा गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्।
राहुल गान्धीको पुनरावेदन खारेज
मानहानि मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनः निर्वाचित
क्युबाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनः निर्वाचित गरेको छ ।
अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा
संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ ।
अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन
संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् ।
युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो
युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ ।
ओखोत्स्कको समुद्रमा रुसी बमवर्षक विमानद्वारा गस्ती जारी
आठ रुसी टीयु–२२एम, ३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकु प्रशिक्षणका निम्ति उडान गरेका छन् ।
अस्पतालमा आगो लाग्दा २९ जनाको मृत्यु
बेइजिङस्थित एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको छ ।
अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन
ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको आरोपको खण्डन गरेको छ ।
चामल मिलको भवन भत्किँदा चारको मृत्यु, २० घाइते
हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
सडक दुर्घटनामा पाँचको मृत्यु, २५ घाइते
पाकिस्तानको दक्षिणी सिन्धु प्रान्तमा आज (मङ्गलबार) बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीवाहक दुई वटा एकापसमा ठोक्किँदा उक्त हताहति भएको हो ।
सुडान द्वन्द्व : २०० को मृत्यु, एक हजार ८०० घाइते
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् ।
म्यान्मारमा नयाँ वर्षको अवसरमा तीन हजार कैदीलाई आममाफी दिइने
म्यान्मारको सैन्य (जुन्टा) सरकारले बौद्ध नयाँ वर्षको उपलक्ष्यमा तीन हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको छ ।
सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो
सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको छ ।
सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए
खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् ।
आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु
दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले छिट्टै उम्मेदवारी सार्वजनिक गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ।