नाइजेरियाको रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहरण
नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके–४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ ।
वार्ताका लागि अमेरिकी राष्ट्रपति मेक्सिकोमा
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करीलगायतका मुद्दामा छलफल हुने बताइएको छ ।
भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु
इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रशंसा
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो ।
अमेरिकामा गोली हानी एक नेपालीको हत्या
कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ ।
चिनियाँ रक्षामन्त्री र तुर्कमेनका समकक्षीबीच भेटवार्ता
चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले शुक्रबार बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् ।
अमेरिकामा नयाँ सभामुख चयन
अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।
नाइजेरियामा डुङ्गा पल्टिँदा १४ को मृत्यु, ६ बेपत्ता
त्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो ।
खराब मौसमका कारण दिल्लीका उडान प्रभावित
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडान खराब मौसमका कारण प्रभावित भएका छन् ।
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।
धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड
चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो ।
इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै
इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ ।
मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग
मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो ।
नवीकरणीय ऊर्जा स्रोत खोजीमा बितेको सन् २०२२
इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोत खोजीमा सन् २०२२ बितेको छ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नयाँ वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलियो ।
सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने
युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० वटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ ।
श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन
आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।
सन् २०२२ : विश्व राजनीतिलाई फर्केर हेर्दा
विश्व राजनीतिका विभिन्न आयामहरू कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरूको आग्रह र दबाबका बाबजुद पनि रुसले युक्रेनमाथि आक्रमण गर्नेसम्मका राजनीतिक घटनाक्रहरुको पदचाप यस वर्षले छोडेको छ ।
पेलेको अन्तिम संस्कार आज
ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
यस वर्ष निर्वाचन गर्ने लिबियाका प्रधानमन्त्रीको घोषणा
लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियामा यसवर्ष आम निर्वाचन गर्ने तयारी गरिएको बताउनुभएको छ । उहाँले सन् २०२३ मा आम निर्वाचन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
जेलमा आक्रमण गरी १४ को हत्या
बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।
युक्रेनी राजधानी हवाई आक्रमण
युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाई हमला गरिएको छ । सहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल(फताह अल–सिसीबीच आइतबार टेलिफोन वार्ता भएको छ ।
कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्र संघले जानकारी दिएको छ ।
म्यानमारकी नेत्री सुकीलाई थप सात वर्ष जेल सजाय
म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाइएको छ ।