लिफ्ट चुँडिँदा चारको मृत्यु, पाँच गम्भीर घाइते
ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुँडिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशङ्का
चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उहाँमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ ।
रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्कासित
रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो ।
दुई किलो धुलो सुन बरामद
सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड रुपियाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।
लिबियामा बाढी : पाँच हजार बढीको मृत्यु, १० हजार बेपत्ता
पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार पाँच सय पुगेको छ । अन्य सात हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
खडेरीको प्रभाव : स्पेनले थप गहुँ, मकै र जौ आयात गर्ने
स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ ।
स्पेनको नर्सिङ होममा आगलागी हुँदा एकको मृत्यु, २७ घाइते
उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी) ले लगाएको छ ।
तटीय बस्ती बग्दा छ हजारभन्दा बढीको मृत्यु
लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी मानिस हराइरहेका छन्। आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो। विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो। जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन्। विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ
जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि
औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।
उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।
एक सय ६७ यात्रु बोकेको रुसी विमान साइबेरिको मैदानमा आपत्कालीन अवतरण
दक्षिणी रुसको पर्यटकीय सहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।
पूर्वी लिबियामा बाढीका कारण दुई हजार बढीको मृत्यु
पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
मोरक्को भूकम्प: दुई हजार आठ सयको मृत्यु, सहायता नपाएको पीडितको गुनासो
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छ भने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् ।
उत्तर कोरियाली नेता रुसमा
उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ ।
युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण
युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।
मोरक्कोमा गएको भूकम्पमा परी थप एक सयको मृत्यु भएको पुष्टि
मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबिच द्विपक्षीय वार्ता
साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भियनाले बाल दिवस मनायो
भियनाले बाल दिवस मनाएको छ । आइतबार विभिन्न कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाएको हो ।
ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु
ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।
मोरक्कोमा भूकम्पबाट २ हजार १२ को मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने
मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।
बम आक्रमणको योजना बनाइरहेका पाँच आतङ्कवादी पक्राउ
टर्कीको सुरक्षा बलले दक्षिण पूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाउने पाँच आतङ्कवादीलाई पक्राउ गरेको छ ।
जी २० शिखर सम्मेलन : संयुक्त वक्तव्यमा सहमति जुटाउने प्रयास
पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुन विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री नयाँदिल्ली आइसक्नुभएको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : २९६ जनाको मृत्यु
मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९६ पुगेको छ ।