सत्ताइस वर्षअघिको अपराधमा आज मृत्युदण्ड
सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको छ ।
क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ ।
केन्याले विपद् व्यवस्थापनका लागि आपत्कालीन टोली गठन गर्ने
केन्याले एल निनो वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न र तयारीका लागि छलफल गर्न राष्ट्रिय आपत्कालीन समिति गठन गर्ने भएको छ ।
नेदरल्याण्डका राजाद्वारा देशमा गरिबी रोक्न आह्वान
नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ ।
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
मन्त्री साउदले भन्नुभयो, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” बुधबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राख्नुभएको हो ।
चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्नुहुने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज (बुधबार) उहाँहरूबिच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो ।
इजरायल–प्यालेष्टाइन द्वन्द्व : छ जनाको मृत्यु
इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन् । अधीनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
युद्धग्रस्त यमनमा खडेरीको चुनौती
वर्षौँदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौती सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रका लागि झनै खतरा निम्त्याएको छ ।
अमेरिकाद्वारा संविधान दिवसको शुभकामना
संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ ।
‘धर्मको माध्यमबाट विश्वमा दिगो शान्ति कायम गर्न सम्भव छ’
विश्वभरी मान्दैआएका सबै धर्मको लक्ष्य मानवताको सेवा गर्नु र आत्मीय शान्ति कायम गर्ने रहेकाले धार्मिक अभियानमार्फत विश्वभर दिगो शान्ति कायम गर्न सकिने विश्वास धार्मिक गुरुहरुले गर्नुभएको छ ।
प्यालेस्टाइनको टेल एस सुल्तान युनेस्कोको विश्व सम्पदा सूचीमा
विश्व सम्पदा समितिले आइतबार प्यालेस्टाइनको सम्पदा क्षेत्रलाई पनि राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।
भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित
भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।
युनेस्को विश्व सम्पदा सूचीमा भारतको शान्ति निकेतन
भारतको शान्ति निकेतन युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ ।
‘युवालाई शान्तिसँग जोड्न सकेमात्र विश्वभर दिगो शान्ति कायम हुन्छ’
विश्वभरिका युवालाई शान्ति अभियानसँग जोड्न सकेमात्र विश्वभर दिगो शान्ति सम्भव हुने युवाका अगुवाहरुले धारणा राख्नुभएको छ । हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) को नवौं वार्षिकोत्सव तथा विश्व शान्ति सम्मेलन कार्यक्रममा सोमबार बोल्दै वक्ताहरुले सो धारणा राख्नुभएको हो ।
सबैतिर दिगो शान्ति कायम भए मात्र विश्व सुरक्षित हुन्छ : अध्यक्ष मान ही
हेभन्ली कल्चर, वर्ल्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) का अध्यक्ष ली मान हीले आफ्नै कार्यकालमा विश्वमा दिगो शान्ति छाएको हेर्ने चाहना रहेको बताउनुभएको छ ।
विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला-साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।
विश्व शान्तिको सन्देशका लागि भोलिदेखि कोरियामा शिखर सम्मेलन
विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ भोलि सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु हुँदैछ ।
ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु
ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा
खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् ।
आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : टर्कीका राष्ट्रपति एर्दोगान
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ ।
बाढी पहिरोमा परेका लिबियालीलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने
पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताउनुभएको हो ।
टर्कीमा कोभिड–१९ का नौ नयाँ सङ्क्रमित फेला
टर्कीमा कोभिड–१९ इजी भेरियन्टका नौ वटा नयाँ सङ्क्रमित फेला परेका छन् । शुक्रबार परीक्षणका क्रममा नौ वटा नयाँ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितहरूलाई उपचार गरिरहेको बताइएको छ ।
भारतको थोक मुद्रास्फीति अगस्टमा ०.५२ प्रतिशतले सङ्कुचित
भारतको सङ्घीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकाङ्क (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले सङ्कुचन भएको छ ।