इजिप्टको विदेशी सञ्चिति दर बढ्यो
इजिप्टको केन्द्रीय बैंक (सिबिइ) ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको छ ।
चीनमा बाँस सङ्ग्रहालय सञ्चालनमा
उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ ।
म्यानमारले एसियाली खेलकुदमा १११ खेलाडी पठाउने
म्यानमारले चीनको हाङ्जाओमा हुने एसियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ ।
‘रुसी र चिनियाँ राष्ट्रपतिको अनुपस्थितिले केही फरक पर्दैन’
भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताउनुभएको हो ।
विकासोन्मुख देशका ऋण समस्या समाधानको आह्वान
चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताउनुभएको छ ।
रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु
उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
इजिप्ट र जापानबिच रणनीतिक साझेदारी बढाउने छलफल
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्विपक्षीय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरूबारे छलफल भएको छ ।
मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ ।
अष्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना
चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अष्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज (बिहीबार) आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।
चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै
चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जानुहुने भएको छ ।
अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप
सैनिक हिरासतमा रहनु भएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उहाँका कान्छा छोराले लगाउनुभएको छ ।
चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा
चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ ।
कुवेतमा अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्रा प्रदर्शनी
कुवेतले अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको छ । कुवेत राष्ट्रिय संग्रहालयले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको हो ।
अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो
मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।
जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग
जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ ।
साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति
साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्यसागरबाट युरोपसम्म ऊर्जा कोरिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् ।
जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण
जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ ।
टर्कीको मुद्रास्फीति अगस्टमा ५८.९४ प्रतिशत पुग्यो
टर्कीको वार्षिक मुद्रास्फीति अगस्टमा बढेर ५८.९४ प्रतिशत पुगेको छ । टर्की लिराको घट्दो मूल्य र हालैका कर वृद्धिका कारण गत वर्ष अक्टोबरपछि वृद्धि भएको हो ।
पुटिन र एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’ सम्झौताबारे छलफल
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’बारे छलफल भएको छ ।
हङकङको पुरानो सैन्य किल्लाको कथा
हङकङको पुरानो सैन्य किल्लामा अवस्थित सङ्ग्रहालय हङकङको सैन्य क्षेत्रको इतिहास हो । हङकङको म्युजियम अफ कोस्टल डिफेन्सलाई १८८७ मा बनाइएको ल्यामुन फोर्टबाट ल्यामुन पासको हेडल्याण्डमा परिणत गरिएको थियो ।
सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन
श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् ।
यमनको राजधानीमा विस्फोट
आइतबार राति हुथी नियन्त्रित यमनको राजधानी सानामा रहेको एउटा ग्यास स्टेशनमा विस्फोट भएको छ । विस्फोटका कारण आगलागी भएको बताइएको छ ।
अमेरिकाको पूर्वी टेक्सासमा डढेलोले जनजीवन प्रभावित
अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तीव्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ ।
वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी
पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ ।