पूर्वअमेरिकी राष्ट्रपतिलाई फौजदारी अभियोग
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उहाँलाई फौजदारी अभियोग लगाएको हो ।
रामनवमी मनाउन गएका २५ जना भक्त इनारमा खसे
रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आँगनमा रहेको पुरानो इनारमा खसेका छन् ।
फिलिपिन्स पानीजहाज आगलागी : ३१ जनाको मृत्यु, सात बेपत्ता
दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।
अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त
नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकोप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा १२ जनाको मृत्यु
दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।
बेलायतका राजा चार्ल्स तृतीयले बुन्डेस्टागलाई सम्बोधन गर्नुहुँदै
रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चार्ल्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ ।
बेलायतका नरेशको स्वागतमा जर्मनी
बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा आज (बुधबार) यहाँ आउँदै हुनुहुन्छ । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनुहुनेछ ।
मेक्सिकोको अध्यागमन हिरासतमा ४० आप्रवासीको जलेर मृत्यु
मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
कोभिडबाट ८० लाखभन्दा बढी बालबालिका अनाथ
कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्यूज नेटवर्कले जनाएको छ ।
बोआओ फोरममा दुई हजार प्रतिनिधि सहभागी
आजदेखि यहाँ प्रारम्भ भएको ‘बोआओ फोरम फर एसिया’मा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधिले भाग लिएका छन् ।
जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान
जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ ।
नासभिल प्रावि गोलीकाण्डमा छ जना मारिए
यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।
इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने
युरोपेली सङ्घ इयुको हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।
एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर
एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधाभन्दा पनि कम हो ।
जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी
टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ ।
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस सहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
भारतीय राष्ट्रपति मुर्मू सोमबारदेखि पश्चिम बङ्गाल भ्रमणमा
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्नुहुने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको कालोसूचीबाट तालिबान अधिकारीको नाम हटाउन आग्रह
तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (युएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ ।
विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गर्नुभएको छ ।
चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी
गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
सरकारलाई सचेत गराउन पूर्वप्रधानमन्त्री खानको माग
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई) का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गर्नुभएको छ ।
पाकिस्तानले सिन्धलाई उपनिवेशको रूपमा व्यवहार गरेको आरोप
पाकिस्तानको सिन्ध प्रान्तका एक जना राजनीतिक कार्यकर्ताले राज्यका जनतामाथि सङ्घीय सरकार र उसको सेनाले अत्याचार गरेको समग्र राज्यलाई आफ्नो उपनिवेशको रूपमा व्यवहार गरेको आरोप लगाएका छन् ।
‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताउनुभएको छ ।
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।