• २२ वैशाख २०८१, शनिबार

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा घट्यो

blog

नयाँदिल्ली, वैशाख २ गते । भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति फागुनमा ५.०९ प्रतिशतको तुलनामा मार्चमा ४.८५ प्रतिशत छ ।

खाद्य मुद्रास्फीति पनि फेब्रुअरीमा ८.६६ प्रतिशत रहेकोमा मार्चमा ८.५२ प्रतिशतमा झरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयको राष्ट्रिय तथ्याङ्क कार्यालयका फिल्ड स्टाफले व्यक्तिगत भ्रमणमार्फत सबै राज्यलाई समेट्ने एक हजार ११४ चुनिएका सहरी बजार र एक हजार १८१ गाउँबाट मूल्य तथ्याङ्क सङ्कलन गरिएको अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल