पाकिस्तान : निर्वाचनको पूर्वसन्ध्यामा विस्फोटमा परी १२ जनाको मृत्यु
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
पाकिस्तानमा निर्वाचन लक्षित विस्फोट : १२ जनाको मृत्यु
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
फिलिपिन्समा पहिरोमा पुरिएका ४५ जनाको सकुशल उद्धार
फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मङ्गलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।
युद्धविरामबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री इजरायलमा
प्यालेष्टिनी इस्लामिक लडाकु समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुग्नुभएको छ ।
इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबिच भेटवार्ता
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच भेटवार्ता भएको छ । मङ्गलबार गाजामा द्वन्द्व अन्त्य गर्न र प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुर्याउने प्रयासहरूबारे छलफल भएको हो ।
‘अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन’
नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ ।
भारतको पटाका कारखाना विस्फोटमा आठ जनाको मृत्यु
भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् ।
दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा एकको मृत्यु छ जना घाइते
दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा एक जना कामदारको मृत्यु हुनाका साथै छ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ ।
पाकिस्तानमा निर्वाचनको तयारी तीव्र
पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताउनुभएको छ ।
पाकिस्तानी अधिकारीद्वारा अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार
पाकिस्तानी नौ सेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकको उद्धार गरेका छन् ।
नामिबियामा अफ्रिका खानी सम्मेलन
नामिबियाका खानी तथा ऊर्जा मन्त्री टम अल्वेन्डोले सोमबार सम्भावित लगानीकर्ताहरूलाई परिहोजनाम सामेल गराउनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा
संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्याङ्कन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गर्नु भएको छ ।
दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण दुई जनाको मृत्यु
भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।
पाकिस्तानमा आतङ्कवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जोर्डन र युएईद्वारा गाजामा युद्धविराम गर्न आग्रह
जोर्डनका राजा अब्दुल्लाह द्वितीय र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजा पट्टीमा युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।
इजरायलले गर्यो उत्तरी गाजामा फेरि आक्रमण
युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ ।
विवाहमा आएका ३५ महिला बेपत्ता
उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो
बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले बढी हो ।
माल्दिभ्सले २०२४ मा २० लाख पर्यटक भित्र्याउने
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताउनुभएको छ ।
सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ
दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबिच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २७ हजार ३६५ पुग्यो
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् ।
इजरायल–हमास युद्ध अन्त्य गर्न अमेरिकी विदेशमन्त्री मध्यपूर्व प्रस्थान
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गर्नुभएको छ ।
पाकिस्तानको प्रहरी चौकी आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु
उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।
लेबनान–इजरायल सीमामा भिडन्तः दुई जनाको मृत्यु, दुई घाइते
दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् ।