• २२ वैशाख २०८१, शनिबार

मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृत्यु

blog

क्वालालम्पुर, वैशाख ११ गते । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकोप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकोप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

“सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।” रासस/सिन्ह्वा