• २२ वैशाख २०८१, शनिबार

चिनियाँ प्रहरीद्वारा विदेशमा आर्थिक फरार व्यक्तिको खोजी अभियान सुरु

blog

बेइजिङ, वैशाख ११ गते । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले विदेशमा फरार रहेका आर्थिक भगौडाहरूलाई पक्रन यस वर्षका लागि अभियानको योजना बनाएको छ ।

राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरताको रक्षा गर्न ‘फक्स हन्ट–२०२४’ कोड नामको अभियानले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रता दिने र प्रमुख जोखिमहरूलाई रोक्ने र निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२४ देखि लगातार १० वर्षमा चीनको ‘फक्स हन्ट’ सञ्चालनहरूले एक सय २० भन्दा बढी देश र क्षेत्रमा नौ हजारभन्दा बढी आर्थिक भगौडालाई पक्राउ गरेको र लगभग ४९ अर्ब युआन (लगभग छ अर्ब ८० करोड अमेरिकी डलर) को आर्थिक नोक्सानलाई पुनः प्राप्त गरेको छ । रासस/सिन्ह्वा