पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ ।
रसिकको 'छन्द उपासना' विमोचन
छन्दकवि रोहिणी रसिकको ‘छन्द उपासना’ कृति विमोचन गरिएको छ ।
प्रयोग नभएका झोलुङ्गे पुल ठाउँसारी गर्दै कोशी सरकार
कोशी प्रदेशका विभिन्न ठाउँमा प्रयोगविहीन बनेका झोलुङ्गे पुलहरु स्थानान्तरण गरी आवश्यक पर्ने ठाउँमा लैजाने भएको छ ।
रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोपप्रति जिल्ला प्रहरी कार्यालय, कास्कीले आपत्ति जनाएको छ ।
सस्तोमा धान बिक्री गर्न बाध्य बाँकेका किसान
पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्रि गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् ।
विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग
म्याग्दीको ओमकुमारी शान्तिकोषले गरिब तथा विपन्नको उपचारका लागि साढे दुई करोड रुपियाँभन्दा बढी सहयोग गरेको छ।
२७ हजारभन्दा बढीमा डेंगु पुष्टि
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार चार दिनमा पाँच हजार नयाँ डेंगु सङ्क्रमित थपिएका छन् ।
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो
आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।
सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो
सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो ।
पोखरामा पुष्प मेलाको तयारी
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठको अवसरमा पुष्प मेलाको तयारी गरेको छ । ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्धनमा गोदावारीको सान’ भन्ने मूलनाराका साथ कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला –२०८१ आयोजना गर्न लागिएको हो ।
लामिडाँडा केन्द्र भएर भूकम्प
दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्यूडकाे भूकम्प गएको छ ।
भेडीगोठ बेँसी झारिँदै
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पैराखर्क क्षेत्र हुँदै घुम्ती भेडीगोठ बेसीतर्फ झार्दै गरेका भेडीगोठाला । चिसो बढ्न थालेपछि बुकी क्षेत्रमा रहेको भेडीगोठ बेसी झार्न थालिएको हो ।
भेडाबारी सडकको काम धमाधम हुँदै
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ ।
स्ट्रबेरी खेती
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा मुक्ति विष्टले गर्नुभएको स्ट्रबेरी खेती । विष्टले तीन वर्षदेखि १० रोपनी जमिनमा व्यावयायिक रुपमा स्ट्रबेरी खेती गर्दै आउनुभएको छ ।
मार्सीधान झार्दै किसान
जुम्लाको तातोपानी गाउँपालिका–१,राँकाका किसान लठ्ठीको सहायताले खेतमा मार्सीधान झाँदै । यति बेला यहाँका किसानलाई धान घर भित्र्याउन चटारो परेको छ ।
कृष्णसारको सङ्ख्यामा बढोत्तरी
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ ।
घोडाघोडी ताल गन्तव्य स्थल बन्दै
जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल पर्यटकका लागि गन्तव्य स्थल बन्दै गएको छ । घोडाघोडीमा हिजोआज पर्यटकको चहलपहल बढ्दै गएको छ ।
‘कसैले चाहँदैमा सरकार ढल्दैन’
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले कांग्रेस–एमाले साझा सहमतिप्रति प्रतिबद्ध रहेकाले अरू कसैले चाहँदैमा सरकार नढल्ने बताउनुभएको छ ।
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।
तितेकरेला बेच्दै हिँडेका व्यापारी
कञ्चनपुरको महेन्द्रनगर बजारमा ठेला गुडाउँदै तितेकरेलालगायतका तरकारी बेच्दै हिँडेका व्यापारी । चाड पर्वका बेला यहाँ तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।
बिक्रीका लागि राखिएका मादल
तिहार लक्षित सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका लागि राखिएका मादल । एउटा मादल तीन हजार देखि १५ हजारसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् ।
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ ।
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो ।
माटाको भाँडा बनाएर घाममा सुकाउँदै महिला
भक्तपुर, कात्तिक ११ गते । भक्तपुर नगरपालिका–४ तालाक्वो पोटरी स्क्वायरमा तिहारका लागि आवश्यक माटाको भाँडा बनाएर घाममा सुकाउँदै महिला, तिहार नजिकिएपछि यहाँका कुमाले समुदायलाई भ्याइनभ्याई भएको छ । तस्बिरः रासस