सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा प्रस्तुत
सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्नुभएको हो ।
इन्जिनियरसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मिर्गौलाको डायलायसिसभन्दा प्रत्यारोपण उपयुक्त
काठमाडौँ, चैत १ गते । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बढ्दो उमेरसँगै देखिने मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताउनुभयो । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुने गरेको छ । सोहीअनुसार नेपालमा पनि करिब ३० लाख जनालाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग रहेको उहाँ बताउनुहुन्छ ।उहाँका अनुसार नेपालमा तीन लाख जनाको मिर्गौला बिग्रिन थालेको, ३० हजार जनाको नराम्रोसँग बिग्रिसकेको र तीन हजार जना मिर्गौला रोगको अन्तिम चरणमा छन् । उहाँले ती तीन हजार जनाको मिर्गौलाको प्रत्यारोपण वा डायलायसिस गरेर मात्र उपचार सम्भव रहेको बताउनुभयो ।उहाँले सरकारले मिर्गौला रोगको उपचारमा केन्द्रित भए पनि महँगो उपचारका कारणले सर्वसाधारणको पहुँच पुग्न नसकेको बताउनुभयो । सरकारले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क डायलायसिस र प्रत्यारोपण गर्ने गरेको छ । साथै डायलायसिस र मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक रु. पाँच हजारसमेत दिने गरिएको छ । “सरकारले मिर्गौलाका बिरामीको उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा डायलायसिस निःशुल्क पुर्याएको छ”, उहाँले भन्नुभयो, “हामी उपचारमा केन्द्रित भएका छौँ, तर रोकथाम भएन ।” उहाँका अनुसार बर्सेनि आठ हजारले डायलायसिस गर्ने गरेका छन् ।मिर्गौला बिग्रेको कसरी थाहा पाउने ?वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेका अनुसार पिसाबबाट प्रोटिन गएपछि र रगतमा क्रिएटिनिन बढ्यो भने मिर्गौला बिग्रने गर्दछ । मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मिर्गौलाले रगत उत्पादन गर्ने काम गर्नुका साथै भिटामिन ‘डी’ र क्याल्सियमलाई सन्तुलन मिलाएर राख्ने काम गर्छ । मिर्गौलाले शरीरबाट नचाहिने तत्त्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने गर्दछ । मिर्गौलाले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मिर्गौला बिग्रेको भन्ने बुझिन्छ ।विशेषज्ञ डा. काफ्लेले अधिकांश व्यक्ति मिर्गौला बिग्रेपछि मात्र उपचार गर्न आउने गरेको बताउनुहुन्छ । “सुरुको अवस्थामा मिर्गौला बिग्रेका बिरामीलाई थाहा हुँदैन, जब मिर्गौला बिग्रिसकेको हुन्छ अनिमात्र बिरामी अस्पतालमा आउने गर्दछन्”, उहाँले भन्नुभयो, “मिर्गौलाको सुरुको चरणमा पत्ता लगाएर उपचार गर्न पाइयो भने उपचार सम्भव हुन्छ ।” उहाँले सबैको वर्षमा एकपटक अनिवार्यरूपमा पिसाब परीक्षण गराउनुपर्ने बताउनुभयो । मिर्गौला प्रत्यारोपण नै यसको उपयुक्त उपचार मिर्गौला बिग्रेपछि डायलासिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त हुने चिकित्सकहरू बताउनुहुन्छ । डायलायसिस गरेपछि मानिसले काम गर्न नसक्ने र हप्तामा दुई÷तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसले गर्दा महँगो पर्ने जान्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले काम गर्न सक्ने र जीवन पनि सहज हुन्छ । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गरेको छ । मिर्गौलाको प्रत्यारोपणका लागि बिरामीलाई काठमाडौँ आउनुपर्ने बाध्यता छ । नेपालमा सरकारी अस्पतालमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिन्छ ।केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा डायलायसिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त रहेको बताउनुहुन्छ । उहाँका अनुसार केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । केन्द्रले अहिलेसम्म एक हजार दुई सय १६ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको उहाँ बताउनुहुन्छ । वीर र शिक्षण अस्पतालले सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरु गरेका हुन् । केन्द्रमा अहिले दैनिक एक सय ४० जनाको डायलायसिस हुने गरेको छ । निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न रु. १२ देखि १८ लाख लाग्ने गरेको छ । निजी अस्पतालमा नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल, किष्ट अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेका अनुसार स्वच्छ जीवनशैली अपनाउनु नै मिर्गौला रोगबाट बच्नु रहेको छ । माछा, मासु, दूध र दही कम खाने, असन्तुलित खानेकुरा नखाने, दैनिक दश हजार पाइला हिँड्ने, प्रशस्त पानी र सागसब्जी खानुपर्ने सुझाव उहाँको छ । यस्तै अत्यधिक मात्रामा दुःखाइका औषधिको प्रयोगले पनि मिर्गौलालाई असर गर्दछ ।लक्षणउहाँका अनुसार पिसाबको मात्रा घट्नु, अनुहार र आँखाका डिल सुन्निनु, शरीर सुन्निनु, पिसाबको मात्रा, गन्ध र रङमा परिवर्तन आउनुजस्ता समस्या देखिए मिर्गौलामा समस्या देखिएको हुनसक्छ । यस्तै सुरुमा थकान महसुस हुने, रगतको कमी हुने, वाकवाकी लाग्ने, फोक्सोमा पानी जम्मा भएपछि श्वास फेर्न समस्या हुनेजस्ता मिर्गौला खराबीका लक्षण हुन् ।बच्ने उपायउहाँका अनुसार प्रशस्त मात्रामा पानी पिउने र सन्तुलित खाना खाने गर्नु पर्दछ । मिर्गौलामा रोग लाग्न नदिन नियमितरूपमा मधुमेह तथा पिसाब परीक्षण गराउनुपर्दछ । आफ्नो इच्छाले एन्टिबायोटिक औषधि खानुहुँदैन । रासस
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार राई कुवेतबाट पक्राउ
लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
आगलागी हुँदा धनकुटामा तीन घर जलेर नष्ट
धनकुटा नगरपालिका-१० धर्मसालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
'विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ' अभियान सुरु
गोरखाको भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न चैत १ गतेबाट लागु हुने गरी चैत १५ गतेसम्म ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान सुरु गरेको छ ।
वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली
प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो गठबन्धन बीचमा नटुट्ने बताउनुभएको हो । “हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।”
जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताउनुभएको छ ।
नेपालगन्जमा मिर्गौला दिवस मनाइयो
नेपालगन्जमा 'मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास' भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहीबार मनाइएको छ ।
धरानबाट घोरेटार आएको जिप दुर्घटना,छजनाको मृत्यु
धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चिनियाँ उत्पादनको मूल्य वृद्धि
चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुहरूमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।
नाम्खा गाउँपालिकामा दादुरा-रुबेला विरुद्धको खोप लगाउन सुरु
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप बिहीबारबाट सुरु भएको छ । जिल्लामा अन्य गाउँपालिकामा फागुन २५ गतेबाट सुरु भएपनि हिमपातले आउजाउ गर्ने अधिकांश खोप केन्द्रको बाटो बन्द भएको कारण खोप कार्यक्रम पछि सारिएको थियो ।
टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित
टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।
एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन
ताप्लेजुङको पाथीभरामा फागुनमा रु. ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।
उपभोक्ता अदालत स्थापनाको कुरा टुङ्गोमा पुर्याइने
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।
‘पल्लवित पाइला’ सार्वजनिक
नवसर्जक कृशु अर्यालको कविता कृति सार्वजनिक भएको छ । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।
बागलुङमा चौतारी संरक्षण अभियान
पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो ।
सुन जाँचबुझ आयोगको प्रतिवेदन : दोषीलाई कारबाही हुन्छ
पप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । बिहीबार आयोगका अध्यक्ष डिल्लीराम आचार्यले सिंहदरबारमा गृहमन्त्री लामिछानेलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक : गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ ।
च्याउखेतीबाट मनग्य आम्दानी
रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउखेती हो । उहाँले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आउनुभएको छ । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँले लगानी बढाउँदै लैजानुभएको छ ।
सुन र चाँदीको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।
हेलिकोप्टरबाट नुन ढुवानी
सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य सम्पन्न गरेको हो ।
म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनुपर्ने अभियान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो भेषभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् ।