नाउपाद्वारा सुदूरपश्चिम मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
एसइईमा जम्मा चार विद्यार्थी
खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने चार जना मात्र विद्यार्थी भएका हुन् ।
बास्तोलाको खोजी गर्न सेती बाँध खोलिने
सेती नदीमा हाम फालेर बेपत्ता हुनुभएका सुगम बास्तोलालाई खोज्न सेतीको बाँध खोलिने भएको छ । नदीमा पानीको बहाव बढाएर बास्तोलाको खोजी गरिदिन परिवारले निवेदन दिएकाले बाँध खोलिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोमसोम कोरला सडक
बेनी-जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कैह्कुमा हालै कालोपत्र भएको सडक र पृष्ठभूमिमा देखिएको धवलागिरि र टुकुचे पिक हिमशृङ्खलाको ड्रोनबाट लिइएको तस्बिर ।
महसुल नबुझाएपछि हाइमाष्ट लाइट काटियो
बाँकेको खजुरा गाउँपालिमा जडान गरिएका हाइमाष्ट लाइटको लाइन काटिएको छ । गतवर्ष विभिन्न वडाका मुख्य चोकमा स्थापना गरिएका हाइमाष्ट लाइटको विद्युत महसुल नबुझाएपछि लाइन काटिएको नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र खजुरा नोलाइट शाखाका प्रमुख हीरामणि घर्तीमगरले जानकारी दिनुभयो ।
पञ्चमुखी हिमाल
हुम्लाको सिमकोट गाउँपालिका–५ मा रहेको तल्लो गाउँ र पृष्ठभूमिमा देखिएको पञ्चमुखी हिमाल ।
भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने
निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकल मात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् ।
राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ ।
बाँसबारीको अतिक्रमित जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताउनुभएको छ ।
साकुरामय बन्यो जापान
गर्मी लाग्नुपर्ने भए पनि अझै हिउँ पर्दैछ । जाडोको कारणले हुनसक्छ यो वर्ष साकुरा फुल्न केही ढिला भएको छ ।
उपराष्ट्रपति यादवको भाउजूको निधन
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको भाउजू लालमती देवी यादवको ६७ वर्ष उमेरमा बुधबार बिहान ब्रेन ह्याम्रेजका कारण निधन भएको छ ।
छोराको न्वारानमा गाईबस्तुलाई नुन र पराल
सन्तान प्राप्तिको खुसीमा कसैले विशेष भोजको आयोजना गर्छन् त कसैले गाउँभर मिठाइ लड्डु बाँड्दै हिँड्छन् ।
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कुटपिटबाट सहकारी सङ्घका अध्यक्ष घाइते
जिल्ला सहकारी सङ्घ पाल्पाका अध्यक्ष भूपति पाण्डेमाथि कुटपिट भएको छ । जिल्लाको रामपुरस्थित सूर्योदय बचत तथा ऋण सहकारी र तालपोखरा कृषि सहकारी संस्थाबिच भएको एकीकरण कार्यक्रममा सहभागी पाण्डेमाथि मङ्गलबार कुटपिट भएको हो ।
एसइईको लागि १७६ जना जनशक्ति परिचालन
हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७६ जना जनशक्ति परिचालन हुने भएका छन् । कार्यालय सहयोगीदेखि केन्द्र अध्यक्षसम्म परीक्षा सञ्चालनका लागि ती जनशक्ति परिचालन भएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली सामानको प्रवर्द्धनका लागि सहकार्य गर्ने
गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ ।
डाक्टर नहुँदा न्युरो सेवा प्रभावित
चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्युरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्युरो (नसासम्बन्धी) सेवा प्रभावित भएको हो ।
राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच आज भेटवार्ता भएको छ ।
धनगढीका नगर प्रमुख हमालकी छोरी सम्पर्कमा
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आउनुभएको छ ।
महिला पथप्रदर्शकलाई उद्धार तालिम
सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू तालिम दिएको हो ।
सुनकोशीमा बेपता एक बालिकाको शव फेला
होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ ।
परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक
काभ्रेपलान्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनुभएको छ ।
नेपाल बहराइनसँग पुनः पराजित
फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।