दमकमा सडक मर्मत सम्भारमा लापरबाही
झापाको दमक नगरपालिका भित्रका जीर्ण बनेका कालोपत्रे सडक मर्मत सम्भारमा लापरबाही गर्ने गरेको भेटिएको छ । दमक नगरपालिका पुर्वधार शाखाका अनुसार विभिन्न सडकहरू मर्मत सम्भार हुँदै आएकोमा केही ठाउँमा लापरबाही भएको गुनासो आएको हो ।
प्रभावकारी लेखा परीक्षणमा जोड
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गर्नुभएको थियो ।
धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी
धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो ।
टेलिकमको सञ्चालन आय र नाफा घट्यो
सरकारी लगानीको नेपाल टेलिकमको सञ्चालन आय र नाफा दुवै घटेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आय एक अर्ब ११ करोड रुपियाँले घटेर ३६ अर्ब ८० करोड रुपियाँ पुगेको छ । त्यसअघिको आवमा कम्पनीको सञ्चालन आय ३७ अर्ब ९१ करोड रुपियाँ थियो । त्यस्तै गत आवमा कम्पनीको नाफा ६६ करोड ६२ लाख रुपियाँले घटेर सात अर्ब ८० करोड रुपियाँ पुगेको छ । त्यसअघि कम्पनीले आठ अर्ब ४७ करोड रुपियाँ नाफा आर्जन गरेको थियो ।
रोशीमा केन्द्रीय विद्युत वितरण
रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घण्टा बिजुली बाल्न पाएका छन् ।
पाँचौँ पटक म्याद थप गर्दा पनि अझै सकिएन धरहरा निर्माण
२०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार
भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।
एक महिनापछि डोल्पामा जहाज
मौसम सुधारसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । लगातारको बर्सातका कारण नेपालगन्ज डोल्पा आउने जहाजको आकासी मार्ग अवरुद्ध भई छब्बीस दिन सम्म हवाई सेवा बन्द भएको थियो ।
नेपालबाट बिहारमा रक्सी तस्करी
नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ ।
छ क्विन्टल यार्सा निकासी
डोल्पाबाट आर्थिक वर्ष २०७९/८० मा छ क्विन्टल यार्सागुम्बा निकासी भएको छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेबापतको शुल्कबाट ८६ लाख ७७ हजार पाँच सय र २४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको छ ।
‘उत्पादन बढाएर राजस्व उठाउने सरकारको नीति’
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ । मुलुकभर ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारी सहभागी रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउनुभएको हो ।
विदेश जान छाडेर ड्र्यागन फ्रुट खेती
गाउँका धेरै युवा २०/२५ हजार रुपियाँ कमाउनका लागि विदेशको भूमिमा पुगेका छन् । विदेश पुगेका कतिपय साथीभाइले २० हजार रुपियाँ कमाउन नसकेर रित्तो हात फर्किएका छन् तर माथागढी–१, फेदीका २७ वर्षीय मनु आलेले भने विदेश जान छाडेर स्वदेशमै राम्रो कमाइ गर्नुभएको छ । युट्युब हेरेर ड्र्यागन फ्रुट खेती गर्नुभएका आलेले वर्षमा पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ ।
मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता बढाउने विषयमा टुङ्गो लागेन
सरकारले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिने आर्थिक सहायताबापतको रकम १० लाख रुपियाँ पु-याउने विषयमा टुङ्गो लागेको छैन । वैदेशिक रोजगार बोर्डको पछिल्लो बैठकले हाल वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायताबापत पाउँदै आएको रकम कम भएकाले बढाउने विषय छलफलकै चरणमा छ, अहिलेसम्म टुङ्गिएको छैन ।
दोब्बर बढ्यो चीनतर्फको निर्यात
गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
डिजेल प्रतिलिटर १४ रुपियाँ मूल्य बढ्यो
नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।
राजस्व छुट दिँदा सम्पत्तिमा महिलाको स्वामित्व बढ्यो
तनहुँको व्यास नगरपालिकाले महिलाको स्वामित्वको नाममा जग्गामा घरनक्सा पास गर्दा राजस्व छुट दिने व्यवस्था गर्दा सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ ।
विमानस्थलबाट बरामद सुन गालियो
तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज (मङ्गलबार) टक्सार महाशाखामा गालिएको छ ।
जलाशययुक्त आयोजना र प्रसारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार
सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्त्वपूर्ण विषय अगाडि सारेको छ ।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
व्यापार नीतिमा महिलाको क्षमता अभिवृद्धि गर्न छलफल
व्यापार तथा यससम्बन्धी नीतिमा महिलाको क्षमता अभिवृद्धि गर्न सरोकारवालासँग छलफल भएको छ । व्यापारमा प्रोत्साहित गर्ने, लैङ्गिक सोचलाई प्रवर्धन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्रको संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूल प्रवाहीकरण कार्यशाला आयोजना भएको हो ।
घट्यो खाने तामाको बजार
नेपालीको स्वाद र संस्कृतिसँग जुटेको तामाको बजार यस पटक सुनसान छ । असार दोस्रो सातादेखि बर्दिबासका बुधबारे र शनिबारे हाटमा तामाका मुना र चाना बेच्ने दुई दर्जनभन्दा बढी पसलका लाम लागेका हुन्थे । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको भिडभाड पनि थेगिनसक्नु हुन्थ्यो । बजारको दिन सात क्विन्टलसम्म कारोबार हुने गरेको तामा व्यवसायीको भनाइ छ ।
‘मिल्क होलिडे’ हुन नदिन आग्रह
नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ । किसानलाई मर्का पर्न नदिने गरी सरकारले तोकिएको न्यूनतम समर्थन मूल्यका आधारमा नियमित रूपमा दुध खरिद गर्न सरोकारवालाले डेरी उद्योगीलाई आग्रह गरेका छन् । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुध बढी भएको यो अवस्थामा ‘मिल्क होलिडे’ हुन नदिई स्वदेशी ग्रामीण कृषकबाट उत्पादित दुध नियमित रूपमा खरिद गर्न आग्रह गरेका छन् ।
लेखा सुपरिवेक्षण गोष्ठी हुँदै
आगामी असोज अन्तिम साता लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना हुने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूल नाराका साथ असोज २५ र २६ गते काठमाडौँमा गोष्ठी आयोजना हुन लागेको हो ।
खाद्यान्न आयात गर्न भारतसँग पत्राचार
सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो । मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ ।