कर्णालीका विमानस्थलमा नेपाल एयरलाइन्सले थप्यो उडान
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो ।
स्वस्थ खसीबोका बिक्री गर्न पहल
पशु सेवा विभागले उपत्यकामा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । दसैँलाई लक्षित गरेर ल्याइने खसीबोका अस्वस्थकर हुुन सक्ने भएकाले स्वस्थ खसीबोका वितरण गर्न आइतबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको हो । परीक्षणपश्चात् स्वस्थ खसीबोकाको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो स्टिकर लगाइने विभागले जानकारी दिएको छ ।
दसैँको मुखमा चिनी अभाव
दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा समेत चिनी छैन । उद्घाटनको दिनमा साल्ट टे«डिङ कर्पोरेसनसँग चिनी प्रतिकेजीको ९७ रुपियाँमा किनेर ९७ रुपियाँमा प्रतिव्यक्ति दुुई केजीका दरले बिव्रmी गरेको खाद्य कम्पनीले सहुलियत पसल सुरु गरेको चौथो दिनदेखि भने सकियो भन्दै बिक्री गर्न छोडेको छ । यता साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकाका आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म चिनी उपलब्ध गराउँछन् तर त्यो चिनी किन्नका लागि उपभोक्ताले एक दिन पूरै माया मार्नु पर्छ ।
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताउनुभएको छ ।
उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
विश्व बैङ्क र आईएमएफको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।
सकिएन धरहरा पुनर्निर्माणको काम
दसैँमा सर्वसाधारणका लागि खुल्ला गर्ने भने पनि निर्माण नसकिँदा रोकिएको छ । धरहरा पुनर्निर्माणको काम निर्धारित समयमा नसकिएपछि छैँठौ पल्ट म्याद थपको लागि कम्पनीले प्रस्ताव गरेको छ ।
यो वर्षमा १० वटा जहाज थप्छौँ: मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ ।
लेखा सुपरिवेक्षकको सात बुँदे घोषणापत्र
सहकारी संस्थाको नियमित वित्तीय स्वास्थ्य जाँच गरी सुधारात्मक रणनीतिक पद्धतिको विकास गर्न सञ्चालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउने प्रतिबद्धतासहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैङ्कको आयोजनामा बिहीबारदेखि राजधानीमा जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी : लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रही दुई दिन चलेको गोष्ठीले स्वनियमनको अभ्यासमार्फत सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउने प्रतिबद्धता जनाइएको छ । यसका लागि लेखा सुपरिवेक्षण समितिको क्षमतामा अभिवृद्धि गर्ने उल्लेख छ ।
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ ।
टेलिकमले ल्यायो चाडपर्व अफर
नेपाल टेलिकमले दसैँतिहार तथा छठलगायतका विभिन्न पर्वको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ग्राहकले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइतबारदेखि सुरु हुने यो अफर कात्तिक १० गतेसम्म उपलब्ध हुने छ ।
माथिल्लो अरुणमा जुट्दै लगानी
माथिल्लो अरुण जलविद्युत् आयोजनामा एक खर्ब ३० अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैङ्क सकारात्मक देखिएको छ । नेपालका लागि रणनीतिक महत्वको मानिएको यो जलविद्युत् आयोजनामा विश्व बैङ्कको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङ्टनमा प्राविधिक तथा वित्तीय पक्षबारे छलफल पनि गर्ने भएको छ ।
तार फेर्न पनि अवरोध
नयाँ प्रसारण लाइन निर्माणमा अवरोध झेल्दै आएको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक भएकै प्रसारण लाइनको तार फेर्नसमेत स्थानीयको अवरोध झेल्नु परेको छ । सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
दसैँलाई खसीबोका आजदेखि भित्रिँदै
नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् । चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उहाँको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उहाँको भनाइ छ ।
सात सय ९४ परिवारको निः शुल्क स्वास्थ्य बिमा
चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निः शुल्क स्वास्थ्य बिमा गरेको छ ।
श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।
स्वदेशी औषधी उद्योगको विकास तथा प्रवर्धनमा जोड
नेपाली औषधी उद्योगको विकास तथा प्रवर्धनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताइएको छ । नेपाल औषधी उत्पादक सङ्घ र औषधी व्यवस्था विभागले आयोजना गरेको औषधीसम्बन्धी बृहत् सम्मेलन ‘फार्मा कन्क्लेभ–२०२३’ मा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारले औषधी उद्योगको विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले औषधीसम्बन्धी नीतिनियममा पनि नेपाली औषधीको हित गर्ने खालका नीति ल्याउन सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाली औषधी उद्योगको विकास, नीतिगत पैरवी, औषधी बजारलाई सुधार र प्रभावकारी रूपमा स्तरोन्नति गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
‘गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउँछु’
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीका अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने घोषणा गर्नुभएको छ । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू विजयी भएमा कार्यकालभर जुटेको एनआरएन बन्ने उहाँको भनाइ थियो । अध्यक्षको कार्यकाल २४ महिनाको हुने र सो अवधिका लागि २४ वटा कार्यक्रमको खाका बनाएको उहाँले जानकारी दिनुभयो । “त्यति मात्र होइन, प्रत्येक तीन महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु,” उहाँले भन्नुभयो ।
कोदोको महत्त्व बढ्दो, खेती घट्दो
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।
पर्यटकको मन जित्ने मुस्ताङको मौलिक संस्कृति
मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।
दसैँको चहलपहल देखिए पनि व्यापार छैन
दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलमा अलि छन् तर खासै व्यापार भएको छैन । एमके स्टोरका मनोज श्रेष्ठले भन्नुभयो, पहिले पहिलेको जस्तो व्यापार छैन । यो बेला त पसलमा खचाखच हुन्थ्यो । अहिले त नगन्य व्यापार भइरहेछ । जीवन जिउन गारो छ ।
जर्मनीमा श्रमका लागि अबको तीन महिनामा आवेदन
सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा एक वर्ष व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ ।
बढ्न थाल्यो सुनको मूल्य
पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।
ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग
होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।