अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका नवनियुक्त राजदूतबीच भेट
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेट भएको हो ।
‘बिग्रेका पक्ष सपार्न लागिपरेका छौँ’: अध्यक्ष नेम्वाङ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि प्रायोजकको कहिल्यै कमी भएन । यसबाहेक फिफाबाट एन्फालाई वार्षिक रुपमा लाखौँ डलर समेत आए त्यसैले यो संस्था धनी मध्येको एक बनेको छ । अन्य खेल संस्थाभन्दा एन्फा आर्थिक र भौतिक रूपमा सबल छ । तर अहिले नेपाली फुटबलको लोकप्रियतालाई क्रिकेटले चुनौती दिइरहेको छ । फिफाको खातामा रहेको एन्फाको रकम पनि कन्ट्रोल फन्डिङमा हुँदा एन्फा आर्थिक रूपले पनि समस्यामा छ ।
निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो
“खाना खायो कि पेट डुम्म हुने, वाकवाक हुने भएको छ, ठुलै रोग पो लागे हो कि चिन्ताले महिनौँ दिन भइसक्यो निदाउन सकेको छैन । डर मात्रै लाग्छ, के भएर हो डाक्टरसाब भन्निदिनुहोस् न,” यो भनाइ रोजगारीको सिलसिलामा कतारमा रहेका युवाले वीर अस्पतालको टेलिमेडिसिन सेवा लिनका लागि आएको फोन हो । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा यसै गरी फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिर्दै आएको छ ।
प्रवासी नेपालीलाई आफ्नो संस्कृति जोगाउन आग्रह
पतञ्जली योगपीठ ट्रष्टका महासचिव एवम आयुर्वेदका ज्ञाता आचार्य बालकृष्णले प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनका लागि सव्रिmय रहन आग्रह गर्नुभएको छ ।
नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या १८० पुगेको छ ।
अवैधानिक नेपाली श्रमिकलाई वैधानिक बनाउने पहल
वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कागजातविहीन भएर बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको हो ।
पोखरा महानगरद्वारा पोखरा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल—चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरूको वृद्धि हुने बताउनुभएको छ ।
पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको हो : चिनियाँ राजदूत सोङ
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताउनुभएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताउनुभएको छ ।