भण्डारीद्वारा अमेरिकी संसदमा शपथ ग्रहण
अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ ।
नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
उर्दु भाषामा ‘नेपालकी आवाज’ प्रकाशन
पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले ‘नेपालकी आवाज’ नामक अनुवाद संग्रह प्रकाशन गरेको छ ।
मलेसियामा बन्धक बनाइएका १३ नेपाली स्वदेश फर्किँदै
मलेसियामा बन्धक बनाइएका १३ जना नेपालीको उद्धार भएको छ । उद्धार भएकामध्ये छ जना भोलि (मङ्गलबार) स्वदेश फर्किने भएका छन् ।
अमेरिकामा गोली हानी एक नेपालीको हत्या
कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ ।
ओवनको मोहक मुहार
जीवनमा पहिलो पटक ट्रान्जिट भएर कनेक्टिङ बसको पर्खाइमा छौँ– भाइ अजय र म । दस मिनेटमा अर्को बस आइपुग्छ भनेर पहिलो बसले दोबाटोमा उतारेर गयो । समयको सुईले राति ९ बजेको सङ्केत दिँदैछ । सन् २०२० जनवरीको पछिल्लो लहर, चिसोले ठिहि¥याएको छ । मोबाइलको मुहारमा दुई डिग्री झुल्किएको देखिन्छ । सडक पेटीमा ठडिएको ल्याम्प पोस्टको धूमिल प्रकाशमा पूर्वी दिशातर्फ एकनासे घरहरू लामबद्ध रूपमा सुस्ताएको आकृति देखिन्छ । त्यसको विपरीत पश्चिमपट्टि भने विशाल तलाउ निमग्न छ । एकाध मोटर बेलाबखत बत्तिएर हुइँकिन्छन् । त्यसबाहेक चरोमुसो देखिँदैन ।
प्रधानमन्त्रीसँग नेजा अध्यक्ष न्यौपानेद्वारा भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार भेटवार्ता गर्नुभएको छ ।
दक्षिण कोरियाको भिसा शुल्क वृद्धि
दक्षिण कोरियामा रोजगारी वा अध्ययनका लागि जानेको हकमा पहिले तिर्दै आएको भिसा शुल्कमा केही वृद्धि भएको छ । नेपालस्थित दक्षिण कोरियाली दूतावासले यही जनवरी १ देखि लागू हुने गरी भिसा शुल्कमा छ सय रुपियाँ वृद्धि गरेको जनाएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बङ्गलादेश प्रस्थान
बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।