साउदी अरबमा ‘करारका श्रमिकमाथि ‘एजेन्ट’ को शोषण’
साउदी अरबमा रहेको क्यारेफोरहरूमा करारमा काम गर्ने आप्रवासी श्रमिकमाथि साउदीको श्रमिक भर्ती गर्ने एजेन्टबाट आर्थिक, शारीरिक र मानसिक शोषण हुने गरेको एक अध्ययनले देखाएको छ ।
अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा
अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुग्नु भएको छ ।
अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’
नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।
नयाँ श्रम गन्तव्यको खोजी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाका लागि तत्काल स्वदेशमा रोजगारीका अवसर नभएकाले नयाँ श्रम गन्तव्य देशको खोजी गर्ने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ ।
मलेसियाले बढायो पारिश्रमिक
मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक दुई सय रिङ्गेट बढाउने घोषणा गरेको छ ।
दुई देशबिचको सम्बन्ध अझ सुदृढ बनाउन छलफल
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
दसैँमा पनि रोकिएन बिदेसिनेको लर्को
नेपालीको महान् पर्व दसैँका अवसरमा पनि श्रम बेच्न बिदेसिने युवाको लर्को रोकिएन । चालु आर्थिक वर्ष २०८/८२ को साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै घटे पनि दसैँले प्रभाव पारेको देखिएन ।
नेपालको कृषि क्षेत्रमा लगानी गर्न मन्त्री अधिकारीकाे आग्रह
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च —२०२४को उच्चस्तरीय उद्घाटन सत्र सहित विभिन्न बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ ।
उपसभामुख र हेबेई प्रान्तीय जन कांग्रेस स्थायी समिति उपाध्यक्षबिच भेटवार्ता
उपसभामुख इन्दिरा राना र चीनको हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समिति उपाध्यक्ष झाङ मेइझीबिच भेटवार्ता भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबिच भेट
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ ।
नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा
नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ ।
लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
अन्तर व्यवस्थापिका सङ्घसँग घनीभूत सहकार्य गर्ने नेपालको चाहना
अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।
बेल्जियम स्थानीय सरकारमा नेपाली उम्मेदवारको जित
बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित हुनुभएको छ । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।
द्वन्द्व पत्रकारिताको एक दशकमाथि न्यूयोर्कमा विमर्श
अमेरिकाको न्यूयोर्कमा बुधवार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श गरिएको छ ।
पत्रकार उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श
पत्रकार दीर्घराज उपाध्यायद्वारा द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आईतबार अमेरिकाको बाल्टिमोटरमा सम्पन्न भएको छ ।
जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलान्सको सदस्यता
जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ ।
नेपालीको विवरण अद्यावधिक गर्न निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएर अद्यावधिक गर्न त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री डा. राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कँदै
कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग [एसिडी] को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्र मन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहनुभएको छ ।
विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो: परराष्ट्र मन्त्री
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ ।
इजरायलका लागि दुई हजार एक सय बाह्र जनाको नाम सार्वजनिक
इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुुई हजार दुई जनामध्ये दुुई हजार ११२ जनाको नाम सार्वजनिक गरेको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भटिएकाले नाम हटाइएको विभागले जनाएको छ ।
इरानले क्षेप्यास्त्र हानेपछि मध्यपूर्वमा बढ्यो तनाव
इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ ।