प्रधानमन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ ।
ऊर्जामन्त्री खड्का र विश्व खाद्य सङ्गठनका प्रतिनिधिबिच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य सङ्गठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबिच भेटवार्ता भएको छ ।
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धितालसहितको कार्यसमिति सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिवमा सन्दीप पौडेल, उपसचिवमा कृष्ण पराजुली र विमला कार्की चयन हुनुभएको छ । शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिव रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।
विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबिच सम्झौता
नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ ।
आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी० लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।
नेपाल–भारतको सीमा सुरक्षा बैठक : ११ बुँदामा हस्ताक्षर
नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक आज सम्पन्न भएको छ । उक्त बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।
जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ ।
नेपाल र बङ्गलादेशबिच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ ।
नेपाल–चीनको जनस्तरमा सम्बन्ध विस्तार : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबिच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभएको छ ।
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ ।
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ, छ राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
समुद्री सतहमुनि रहेको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देश : ‘हिमालको हिउँ जोगाऔँ’
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ ।
लेबनानी सरकारको युद्धविरामको समर्थन
इरान लेबनानी सरकारद्वारा लिइएको कुनै पनि निर्णयलाई समर्थन गर्ने इरानी अधिकारीले बताएका छन् । सुरक्षा परिषद्को प्रस्ताव १७०१ को कार्यान्वयनको समर्थन गर्ने इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानीले बताउनुभयो ।
नेपाली साहित्यकारको टोली नेपाल फर्कियो
भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) को ६५ औँ वार्षिक महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली नेपाल फर्किएको छ ।
कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले असरको क्षतिपूर्ति दिनुपर्छ
राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले बढ्दो हरित गृह ग्यासको उत्सर्जन लगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको भन्दै यसको क्षतिपूर्ति पाउनु पर्ने प्रस्ताव राख्नु भएको छ ।
वैदेशिक रोजगारीका सेवा विस्तारको तयारी
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी सबै इजाजतवाला सेवा प्रदेशमा विस्तार गर्ने गरी अगाडि बढेको छ ।
‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उहाँले भन्नुभयो, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।”
नेपालको विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात
नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।
जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी
राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय स्पष्टताका साथ प्रस्तुत गरेकाले भ्रमण फलदायी भएको छ ।
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाइ गर्नुभयो ।
कार्यविधि कार्यान्वयन गर्न माग
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले युरोपमा संस्थागत रूपमा श्रमिक पठाउन सकिने एक वर्षअगाडि गरेको व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
राष्ट्रपति पौडेल दोहामा
राष्ट्रपति रामचन्द्र पौडेल ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर बिहीबार स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुग्नु भएको छ ।
दूतावासबाट श्रम स्वीकृतिको तयारी
सरकारले मलेसिया र खाडी मुलुकमा लामो समयदेखि कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई नेपाली दूतावासबाट श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन गरेको छ ।
धनी मुलुकका कारण पर्वतीय मुलुकमा समस्याः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।