काठमाडौं, पुस ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बुधबार डा. शङ्करप्रसाद शर्मा भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूूत पदमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजित मन्त्रिपरिषद्को सिफारिसमा शर्मा र तिम्सिनालाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।