• १६ असार २०८२, सोमबार

रौतहटमा १६ प्रतिशत मात्र रोपाइँ

blog

रौतहटको गौर–४ सोबर्णामाई मन्दिर नजिक धान रोपाइँ गर्दै । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा  

चन्द्रपुर (रौतहट), असार १६ गते । रौतहटमा हालसम्म १६ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । पानी नपर्दा सोचे जस्तो रोपाइँ हुन नसकेको कृषि विकास निर्देशनालय नक्टाझिजका बाली संरक्षण अधिकृत सुदिप चौधरीले जानकारी दिनुभयो । 

रौतहटमा ६५ हजार ९ सय ६९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्र रौतहटका बाली संरक्षण अधिकृत सरोज मण्डलले जानकारी दिनुभयो । धान रोपाइँ  हुन् बाँकी रहेको जग्गामा पनि रोपाइँ भइरहेको उहाँले बताउनुभयो । 

पर्याप्त वर्षा नहुँदा किसानहरूले बोरिङ, पम्पसेट र केही मात्रामा वर्षा तथा नहरको पानीले सिँचाइ गरी धान खेती गरेको पाइएको छ ।

आर्थिक वर्षको अन्त्यतिर सरकारी योजनाको कामको चाप बढी भएको र श्रमिकहरू योजनाकै काममा केन्द्रित रहेको कारण रोपाइँ सोचेको जति हुन नसकेको दुर्गा भगवती–२ का किसान सिताराम झाले जानकारी दिनुभयो ।

समयमा धानको रोपाइँ नहुँदा गत वर्षको तुलनामा धानको उत्पादन  घट्ने सम्भावना रहेको गौर–४ का किसान अवधेश राय यादवले बताउनुभयो ।